पूर्वराजा ज्ञानेन्द्रले बुझ्न नसकेको र चोलेन्द्रले नसिकेको पाठ



सुरेश आचार्य ।

‘इतिहास दोहरिन्छ’ भनेको हो रहेछ ! तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनकारी दलहरुको माँग बमोजिम २०६३ बैशाख ११ गतेका दिन दुई वर्षअघि बिघटन भएको प्रतिनिधीसभा (संसद) पुनःस्थापित गरिदिए, अनि त्यही संसदले उनलाई श्री ५ को पदबाट निलम्बित गरिदियो, र अन्ततः राजतन्त्र नै गयो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबराले ३ महिना बीचमा सांसदहरुको मागबमोजिम २/२ पटक ओली–बिघटनमा परेको प्रतिनिधीसभा पुनःस्थापना गरिदिए, अहिले तिनै सांसदले महाअभियोग लगाई पदच्यूत गरेर हुर्मत लिने भएको गन्ध पाएकोले भोलि चोलेन्द्रले पदबाट राजीनामा गर्ने भएछन् !

राजनीतिज्ञहरुसँग दया–माया, धर्म, निष्ठा र विश्वसनीयता भन्ने कुनै पनि चीज हुन्न भन्ने सुनेको ठिकै रहेछ । त्यसमाथि उनीहरुको शरीर र मन, जनताको गाली खाँदा–खाँदा गैँडाको छालाजस्तो कडा बनिसकेको हुन्छ । यो गुह्य कुरा, राजा ज्ञानेन्द्रले बुझ्न सकेनन्, तर चोलेन्द्रले त्यो परिदृष्य देखेर पनि पाठ सिकेनन् ।

नेपालको इतिहासमा जसले प्रतिनिधीसभा पुनःस्थापित गर्छ, त्यही प्रतिनिधीसभाको पहिलो शिकार हुन्छ ! यस्तै हुँदैआएको छ !
राजनीति निर्मम हुन्छ, चेतना भया !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चुनाव दुष्मनी र सहमति गरे टीका प्रथा भन्नु गलत होः बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमालेमा पार्टी जीवनभित्र हुने प्रतिस्पर्धालाई जटिल

‘फोहरबाट मोहर’ कमाउँदै स्नातक गरेका युवा

तानसेन (पाल्पा) । हाम्रै भान्सा, घर, अफिस, स्कुल, कलकारखानाबाट दिनहुँ फोहर निस्कन्छ ।

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम

चितवन । न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै सङ्घीय

भिजिट भिसा प्रकरणकाबारेमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दैछ

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा