वैदिक सृष्टि मीमांसाः हिरण्यगर्भ के हो ?



डा. गोविन्दशरण उपाध्याय ।
वैदिक सृष्टि मीमांसाको चर्चा गर्दा “हिरण्यगर्भको उत्पत्ति कसरी भयो ? भनेर मित्र विद्वान Kamal Upadhaya ले  जिज्ञासा राख्नु भएको छ । उहाँले नजानेर होइन पाठकका लागि प्रश्न गर्नुभएको हो । विद्वानहरू सधैं लोकको कल्याण चाहन्छन् ।

उपनिषदहरूले ब्रह्मका चारवटा स्वरूपको चर्चा गर्छन्ः अव्यक्त, प्राज्ञ तैजस र वैश्वनर । ब्रह्मको व्यक्त नभैसकेको अवस्था अव्यक्त हो । जव ब्रह्मले आफूलाई व्यक्त गर्ने इच्छा गर्छ यो अवस्था प्राज्ञ हो । ब्रह्मको यो सङ्कल्पले कालशक्तिलाई अङ्गिकार गरेर फैलिएर रहेका प्राकृतिक उपादानहरूलाई एकठाउँमा सम्मिलित हुन प्रेरित गर्छ । आधुनिक विज्ञानले यस्तो अवस्थालाई nuclear dust cloud भनेर बुझ्ने प्रयत्न गरेको छ । जव कालशक्तिले युक्त विवेकीय प्रेरणाले प्राकृतिक उपादानहरू एकठाउँमा सङ्गठित हुन्छन्, त्यो अवस्थामा ती हिरण्य अर्थात् सुनझैं चम्किलो अन्डामा रूपान्तरित हुन्छन् । अनि, एकमात्र “हिरण्यअन्डा” अस्तित्वमा देखिन्छ । आधुनिक भौतिक विज्ञानले यो अवस्थालाई “प्राकृतिक द्रव्यहरूको साधन एकीकृत अवस्था” compact position of nuclear dust particles भनेर व्याख्या गर्छ त्यो निरन्तर खुम्चिरहेको हुन्छ ।

जव यस्तो महान् “हिरण्यअन्ड” निर्माण भयो तत्कालै ब्रह्मले त्यसभित्र प्रवेश गरे । हिरण्यअन्डमा ब्रह्मले (जीवशक्ति) प्रवेश गरेपछि त्यो हिरण्यगर्भ बन्यो । यसरी हिरण्यगर्भको उत्पत्ति प्राकृतिक वस्तुवाट भएको हो तर तैजसशक्तिका रूपमा ब्रह्मले त्यस अन्डामा निवास गरेपछिमात्र त्यो हिरण्यगर्भ भएको हो । यहाँ, स्मरणीय के छ भने आधुनिक भौतिकशास्त्रले अनुमान गरेको “नाभकीय घनिभूत अवस्थामा” यो पक्कै पनि सुनझैं चमकिलो रहेको हुँदो हो र ज्यादै घनिभूत भएको हुँदा प्रकाशित हुँदो हो ।

आधुनिक विज्ञानका नजरियामा यो “महाविस्फोट”को पूर्वावस्था हो । वैदिक अनुसन्धाताहरूका नजरियामा यो प्रकृतिको साम्यावस्था हो । ब्रह्मको वैश्वनर (जीवशक्ति) साथ सृष्टि आरम्भ हुन्छ । आधुनिक विज्ञानले महाविस्फोटलाई सृष्टिको आरम्भ मान्छ भने वैदिक चिन्तनले प्रकृतिको साम्यावस्था भंग हुनुलाई (विकृति) सृष्टिको आरम्भ मान्छ ।

यसको विस्तृत वर्णन श्रीमदभागवतको तेस्रो स्कन्धको छैठों अध्यायमा भएको छ भने दोश्रो स्कन्धको दोस्रो अध्याय पनि हेर्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सगरमाथा संवादमा नेपालले उठाउने भनेकै जलवायु न्याय हो

-डा. धर्मराज उप्रेती नेपालले आगामी जेठ २ गतेदेखि ४ गतेसम्म सगरमाथा संवादको आयोजना

प्रचण्डको प्रश्नः सामाजिक संजालमा सीमित आवेग र आक्रोश भोलि सडकमा पोखियो भने सरकारले के गर्छ ?(पूर्णपाठ)

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति

सङ्क्रमणकालीन न्यायमा देखिएको उल्झन

-राजेन्द्र सेन्चुरी नेपालको राजनीतिक इतिहासमा २०६३ सालको विस्तृत शान्ति सम्झौता एउटा कोसेढुङ्गा हो,

राजावादी आन्दोलनमा समातिएको भनेर यति ‘हेभी ह्यान्डेड’ हुन जरूरी छ र ?

-नारायण गाउँले हूलमूलमा रक्सी र चुरोट चोर्ने ६ जना विद्यार्थीहरू अझै हिरासतमै रहेछन्