खेद्न पाइयो भन्दैमा अति खेद्ने ?



केशवप्रसाद भट्टराई ।
गजेन्द्र हमाल–वरिष्ठ अधिवक्ता,
बाँके काङ्ग्रेसका पूर्वसभापति मलाई साल यकिन भएन तर उनी प्रतिनिधि सभाको निर्वाचनमा पराजित पनि हुन् !
आफ्नो जमिन बेचेर प्रतिवन्धित अवधिमा प्रजातन्त्र काङ्ग्रेस र कार्यकर्तालाई सहयोग गरिआएका व्यक्ति ,
– मिडिया र कतिपय राजनीतिक विश्लेषक, र कतिपय युवा कांग्रेसीको दृष्टिमा मामूली साधारण कार्यकर्ता ?
विशिष्ट नेता र कार्यकर्ताको के हो क्राइटेरिया जान्न पाए हुन्थ्यो !
उनलाई मन्त्री बनाउन प्रधान न्यायाधीशले लबिङ् गरेका हुन् भने त्यो जिम्मेवारी प्रधान न्यायाधीशको हो !
गजेन्द्र हमालको होइन ।

आफ्नो पार्टी सभापति र प्रधानमन्त्रीले कदर गरे जस्तो लाग्यो , मन्त्री भए विवाद उठ्यो –राजिनामा गरे ।
खेद्न पाइयो भन्दैमा अति खेद्ने ?
कायरता हो यो ।

अर्को त्यस्तै सवाल छ गोकुल बास्कोटाको ।
७० करोड कमिसन मागेको कुरा आयो ।
उनले राजिनामा दिए ।

छाती ठोकेर भनिरहेका छन् –– मेरो छानवीन गरिदेऊ !
अख्तियार छ , किन छानवीन नगरेको ?
अहिले उनको पार्टी सरकारमा छैन,

उनका विपक्षी सरकारमा छन् –किन छानवीन नगराएको ?
हरेक चोटी ७० करोड भनेर गिज्याउन पाइन्छ भनेर ?
सार्वजनिक रूपमा उनलाई घोचेर कायरताजन्य आत्मतुष्टि लिन पाइन्छ भनेर ?

अर्बौं रूपियाँ हिनामिना गर्ने आरोप लागेकाले गोकुल बास्कोटाले जस्तो छाती ठोकेर भन्न सक्छन् , म राजिनामा दिन्छु छानवीन गर भनेर ?
चिनियाँ पक्षसँग सांसद किन्न पैसा माग्नेले गोकुल बास्कोटाले जसै गरी कारवाही गर गराऊ भनेर छाती ठोकेर भनुन न !
गोकुल बास्कोटाको राजनीतिक नैतिकता र साहशको सामना गर न त्यसैगरी !

आजसम्म विवाद आएपछि मन्त्री पदबाट राजिनामा दिने कति छन् ?
मन्त्री हुन पार्टी फोर्ने र पार्टी छोड्ने, हरेक कर्मगर्ने हरूको भीडमा विवाद आउने बित्तिकै मन्त्री पदबाट राजिनामा दिनेहरू हिरो हुन् मेरालागि
सम्भवतः पञ्चायत व्यवस्थामा पुग्नु पर्दछ उदाहरण दिन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अख्तियारले मार्यो धितोपत्र बोर्डमा छापा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डमा छापा मारेको छ ।

बाल मन्दिरको जग्गा लिज प्रकरण : रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । नेपाल बाल मन्दिरको जग्गा भाडा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको

‘माथिल्लो तहको मान्छे किन कारबाहीमा परेन भन्ने जनताको प्रश्न छ, तर बलिको बोको त कर्मचारी मात्र हुने अवस्था छ’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईले अख्तियारमा उजुरी पर्दा माथिल्लो

‘फास्ट ट्र्याक’निर्माण तीव्र गतिमा अघि बढेको प्रधानसेनापतिको दाबी

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रूतमार्ग आयोजनाअन्तर्गत काठमाडौँतर्फको प्रस्थान विन्दु