सङ्गीतको शास्त्रीयता



डा. गोविन्दशरण उपाध्याय ।
वैदिक संस्कृतिले विकास गरेका असंख्य कलाहरू मध्ये सङ्गीत पनि एउटा हो । साम वेद सङ्गीत–दर्शनको पहिली साक्ष हो भने सरस्वती गायन विद्याको अधिष्ठात्री देवी हुन् । त्यसो त हरेक हिन्दू, जैन तथा बौद्ध देवदेवताका हातमा एउटा न एउटा सङ्गीतको लागि वाद्ययन्त्र हुन्छ नै । प्राचीनकालमा सङ्रीतलाई गान्धर्ववेद भनिन्थ्यो भने आजपनि नेपालमा गन्धर्वजातिको अस्तित्व छँदैछ । प्राचीन समयमा सङ्गीतका (गायन, वादन र नृत्य) अंगहरू पूर्ण विकसित देखिन्छन् । अर्कोतिर सम्पूर्ण वैदिक संस्कृत साहित्यहरु (श्लोक) फरकफरक तवरले गाएर नै पढिन्छन् । त्यसैले सङ्गीत नजान्ने व्यक्तिलाई पशु नै भनेर नीतिशास्त्रहरूले बचन लगाएका छन् ।

सम्पूर्ण वैदिक सङ्गीत सा, रे, ग, म प, ध, नि यी सातबटा अक्षरमा समेटिएको छ । यी छवटा अक्षरहरू (स्वरहरूको) विभिन्न सम्मिश्रणबाट छ वटा आधार रागहरूः हिन्डोल, दीपक, मेघ, भैरव श्री र माल्कोशको निर्माण भयो । असलमा यी सबै प्रमुख रागहरू भरतवर्षका छ ऋतुहरूको प्रकृतिअनुसार संयोजन र उपयोग गरिन्छ ।

हिन्डोल राग वसन्त ऋतुमा विहान सुर्योदयपछि गाइन्छ भने राग दीपक ग्रीष्म ऋतुमा १० देखि २ बजेको बीचमा प्रयोग हुन्छ । यसैगरी, मेघ राग वर्षा ऋतुमा गाइन्छ भने भैरव राग विहानी (ब्रह्ममुहूर्त देखि सूर्योदयसम्म) शरद ऋतुमा गाउँदा ऋतुसम्मत ठहर्छ । राग श्री हेमन्त ऋतुमा सायंकाल गाइने प्रमुख राग ह भने मालकोश राग शिशिर (चिसो ऋतुमा) मध्यरात्रीमा गाइने नियम हो ।

ऋतुअनुसार रागहरु बढी प्रभावदायक हुन्छन् अद्यापि आवश्यकता अनुसार रागहरू गाउन सकिन्छ तर शुद्ध रागहरु ऋतुअनुसार गाउँदा बढी मनोरम, आनन्ददायक र आध्यात्मिक साधनका लागि फलदायक हुन्छन् । उपरोक्त छ बटा आधाररागका १२६ बाट रागिनी छन् भने ती रागिनीहरूबाट कमसेकम पांचबटा उपरागहरूको विकास भएको छ । प्रत्येक रागमा वादी, संवादी, अनुवादी विवादी यी चार स्वर सम्मिलित हुन्छन् ।

मलाई सङ्गीत सिक्ने ठूलो रहर थियो र वृन्दावन प्रवासमा अध्ययनरत रहंदा साह्रै रहर लागेर सेवाकुंज नजिकै एकजना सन्त संगीतज्ञ कहाँ सङ्गीत सिक्न गएँ । मैले सङ्गीत त सिक्न सकिन तर आधारभूत जानकारी प्राप्त गर्ने सौभ्गग्य भने प्राप्त गरें । उनी अद्भूत भक्त र अत्यन्त सरल सन्त थिए, सङ्गीत सिकाउँदा कुनै शुल्क लिंदैनथे । उनी सरल, प्रेमी र शान्त थिए, हरहमेशा तानपुरा बजाएर राधाकृष्णलाई सङ्गीत सुनाउंथे ।

म उहाँका केही सौभाग्यशाली व्यक्ति थिएँ जसले उहाँले राग मेघ गाउँडा वर्षा भएको राग हिड़ोल गाउँदा आश्चर्यजनक तवरले मीठो हावाचलेको अनुभव गरेको थिएँ । उहाँ दूवै आँखा वन्द गरेर, अत्यन्त एकाग्रताका साथ अत्यन्त कर्णप्रिय स्वरमा मीरा वा सुरदासले लेखेका पदहरू गाउनु हुन्थ्यो । जव गाउनु हुन्थ्यो वरिपरी रहेका बाँदरहरू शान्त हुन्थे, श्रोताहरुका कदम रोकिन्थे र समाधिस्थ भएझैं अचल भएर सङ्गीतको आनन्द प्राप्त गर्थे ।
यी महात्मा संगीतज्ञका विषयमा फेरी लेख्ने छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘भारत-पाकिस्तान तनावका बेला सरकारले कूटनीतिक जिम्मेवारी बोध गरोस्’

काठमाडौं । नेपाली कांग्रेसका सांसद एनपी साउदले पाकिस्तानी उच्चस्तरीय सैन्य टोलीको नेपाल भ्रमणको

४० लाख ३२ हजार हुन्डीको रकमसहित काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौं । प्रहरीले दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर

आइपीओ निष्कासन गर्न धितोपत्र बोर्ड प्रमुखले कमिसन मागेको विषय छानबिन गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण

धितोपत्र बोर्डले जलविद्युत आयोजनाहरुसँग कमिसनको बार्गेनिङ गरेको विषय छानबिन होस्ः सांसद सापकोटा

काठमाडौं नेकपा माओवादी केन्द्रले जलविद्युत आयोजनाहरुसँग धितोपत्र बोर्डले कमिसन मागिरहेको विषय छानबिन गर्न