कतै काङ्ग्रेस, राजा र हिन्दुत्व विरूद्धको षड्यन्त्र त होइन यो ?



केशवप्रसाद भट्टराई ।
विजुलीको सवाल, चीनसँग महँगो ब्याज तिरेर ट्रान्समिसन बनाउने तर अमेरिकाको अनुदानमा ट्रान्समिसन नबनाउने कुरा, अनि अरुण ३ को विगत–वर्तमान र हाम्रा महान राष्ट्रवादी र क्रान्तिकारीहरू अनि हिन्दू राष्ट्र र राजसंस्थाको कुरा

१. विकास थापाको असोज ७, २०७८मा इकागजमा प्रकाशित लेख अनुसार यो वर्ष १८.८७ अर्ब रुपैयाँको बिजुली खेर गयो ।
अबको पाँचौँ वर्षमा मात्रै प्राधिकरणलाई १३५ अर्ब रुपैयाँ नोक्सानी हुन्छ ।

. रमेश कुमारले(Ramesh Kumar@Raw_Ku) ) ट्विटरमा उल्लेख गरे अनुसार ’नेपालले चिनियाँ ब्यांकसँग झण्डै ३ प्रतिशत ब्याज बुझाउने गरी (स्मरणीय छ, नेपाली बैंकहरूले आफ्ना वचतखातामा रकम राख्ने व्यक्तिहरूलाई पानि तीन प्रतिशत आसपासको व्याज दिन्छन र राष्ट्रहरूलाइ दिइने ऋणमा यो अत्यधिक व्याज हो ) ११२ मिलियन ऋण लिएर प्रसारण लाइन बनाउँदै छ ।
तर अमेरिकाले प्रसारण लाइन नै बनाउनका लागि ५०० मिलियन अनुदान दिँदा’ नेपालका महान् क्रान्तिकारी र राष्ट्रवादीहरू अमेरिकाको खोइरो खनेको खन्यै छन् ।

३. ( कम्युनिस्ट मित्रहरू क्षमा गर्नुहोला ) कम्युनिस्ट भनेका नै यस्तै हुन् ।
त्यो जमानामा अरुणको विरोध गरेर त्यत्रो ठूलो परियोजनालाई त्यसलाई खारेज गराए , अहिले त्यही अरूणको काम आफैँले नेहोरा गरी गरी भारतलाई सुम्पिए ।

४. नेपालका कम्युनिस्ट नेताहरूले आफ्नो पक्षमा रहेकालाई के भन्छन् र विपक्षमा रहेकालाई कतिसम्म भन्छन् थाहा छ नी ?
अरु कुरामा ध्यान दिनु परेन–तीन मूख्य कम्युनिस्ट पार्टीका मुख्य नेताहरूले गएका केही महिनादेखि एक अर्कालाई लगाएको आरोप पर्याप्त छ ।

५. बीसौँ वर्ष आफूले नेता मानेका, सँगै काम गरेकालाई त नचिन्ने,
तिनको विचार र दृष्टिकोण नबुझ्ने ,
चाल चलन, आनी –बानी , व्यवहार र चरित्र थाहा नपाउने र जे पायो त्यही, जे मनमा आयो त्यही भन्ने यिनले भारत, चीन, अमेरिका,उत्तर कोरिया , भेनेजुएलाको बारेमा, तिनका नेताका बारेमा , तिनका नीतिका बारेमा कति बुझेका होलान् ?
अनि तिनको विरोध, आरोप, आक्षेप र समर्थनलाई कति पत्याउने होला ?

६. समस्या त् झन् जटील कसरी बन्न पुग्यो भने सङ्गत दोष नै पनि होला –– काङ्ग्रेस र आफूलाई कट्टर हिन्दुवादी र राजावादी भन्नेहरू पनि कम्युनिस्ट जस्तै बोल्न र भन्न थाले ।
कतै काङ्ग्रेस, राजा र हिन्दुत्व विरूद्धको षड्यन्त्र त होइन यो ?

७. भारत र अमेरिकाको उछित्तो काढेर हिन्दु राष्ट्रको र राजसँस्थाको पुनःस्थापनामा सजिलो पर्ला ?
उनीहरूसँग सहकार्य गर्ने र सँगै सरकारमा बस्ने काङ्ग्रेसले आफ्ना गठबन्धनका सहयोगी मित्रहरूले भारत, चीन वा अमेरिकाको पक्ष विपक्षमा बोलेका कुरा र लिएको नीतिबारे अन्तर्राष्ट्रिय समुदायले प्रश्न गर्दा के उत्तर दिन्छ कुन्नी ?
गठबन्धनको साझा नीति र कार्यक्रममा यस्ता कुरा नसमेटिने रहेछन् क्यारे ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कार्यवाहक गभर्नरले एकजना कर्मचारीको राजीनामासमेत स्वीकृत गर्न नसक्नु लाचारिपनः वित्तीय संस्था कर्मचारी संघ

काठमाडौं । नेपाल राष्ट्र बैंकको नेपाल वित्तीय संस्था कर्मचारी संघले केन्द्रीय बैंक जस्तो

बाढीले कमलाको काठेपुल बगाएपछि आवागमनमा समस्या

सिरहा । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको काठेपुल बाढीले बगाएपछि

राजनीतिक स्थायित्व हुन नसक्दा प्रतिक्रियावादी शक्ति सलबलाएः महासचिव पोखरेल

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको विकल्प अरू

गभर्नर नियुक्ति प्रधानमन्त्रीका कारण ढिला भएको होइनः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्ति प्रधानमन्त्री केपी शर्मा ओलीका