परामानवतावाद अर्थात् भविष्यको दर्शन



डा. गोविन्दशरण उपाध्याय ।

परामानवतावाद (Transhumanism) एउटा दार्शनिक आन्दोलन हो जसले भविष्यको मानवलाई अधिकतम यान्त्रिक साधनहरू प्रयोग गरेर अधिकतम विकसित, उदार र समानुपातिक बनाउने परिकल्पना गर्छ । आज जसरी टेक्नोलोजीको विकास हुँदैछ, भविष्यमा अझैं शक्तिशाली विकसित र अझैं जटील तर अधिकतम उपयोगी “कृत्रिम” साधनहरूको विकास हुने छ । जतिधेरै उपयोगी कृत्रिम साधनहरूको अन्न्वेषण हुने छ तेतिनै मानवीय क्षमता बढ्ने छ । त्यस्तो क्षमता शारीरिक, मानशिक बौद्धिक तथा आध्यात्मिकतहमा अझैं शक्तिशाली, उन्नत प्रगतिशील हुनेछ ।

यस्तो मानवभविष्यका लागि आजैदेखि सत्य, शुभअशुभ, बुद्धिका कार्यहरूको लेखाजोखा गर्नुपर्ने हुन्छ ्र आज मनुष्यले उपयोग र अभ्यास गर्दै आएका धेरै संस्कार र मान्यताहरूको उपयोगिता परिवर्तित हुनेछ अथवा पूर्णतया प्रयोगहिन हुनेछ । स्टेमसेलको विकासले परम्परागत रूपमा विश्वास गरिएका जीव,म ईश्वर तथा पापपुण्य सम्बन्धि विश्वासहरूको समीक्षा आजैदेखि आरम्भ गर्नुपर्छ ्र प्रसिद्ध प्राणि बैज्ञानिक जुलियन हक्सलेलाई परामानवतावादको प्रणेता मानिन्छ ।

धेरैजसो महापुराणहरूले भविष्यको नैतिकताका विषयमा परिचर्चा गरेका छन् र भविष्यमा यन्त्रशक्तिको विकास भएपनि धार्मिक नैतिकता तथा बौद्धिक शक्ति क्षय हुने भविष्यवाणी गरेका छन् । वर्तमान अनुभव र प्रतिवेदनहरूले मानवीय क्षमतामा नाटकीय अभिवृद्धि भएको छ । प्राचीन नैतिकताका मानदण्डहरू सैद्धान्तिक रूपमा प्रचलित भएपनि व्याबहारिक रूपमा अस्वीकार गर्ने (नास्तिकता) मानिसहरूको सङ्ख्याले प्राचीन धार्मिक भविष्यवाणीहरूलाई चुनौती दिइरहेका छन् । धार्मिक वा सांस्कृतिक चमत्कारहरू भन्दा आधुनिक विज्ञानका चमत्कारहरू बढी उपयोगी ठहरिएकोले धर्ममा आधारित चिन्तनहरूमा चुनौती थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बुटवलको कालिकानगरमा एकै परिवारका तीन जनाको हत्या, एकजना पक्राउ

बुटवल । बुुटवलको कालिकानगरको होराइजन चोकस्थित मिलिजुली पथमा एक युवकले एक महिला र

बजेटमा हिमाल देख्न पाइयोस्

सम्माननीय प्रधानमन्त्री, केपी शर्मा ओलीज्यू, ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्’ रामकृष्ण ढकालको

सुनसरी–मोरङ औद्योगिक करिडोरको तिरुपती उड प्यानल उद्योगमा भीषण आगलागी

सुनसरी  । सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आज बिहान २ः३० बजेदेखि

अमेरिकाले रोक्यो विदेशी विद्यार्थीहरुका लागि भिसा प्रक्रिया

वासिङ्टन, डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थीहरूका लागि भिसा प्रक्रिया