अगामी निर्वाचनमा नैतिकता छलफलको विषय बन्नुपर्छ



डा. युवराज संग्रौल ।
जब दिमाग भरिएको अनुभूति हुन्छ, मानिसले सिक्दैन । बिचारहरुको मन्थनबाट सत्य निस्कन्छ, यो नै सत्य हो। त्यसैले भनिन्छ, “पहिला दिमागलाई मुक्त गर अनि अन्वेषण गर, तथ्यमा जाउ र त्यांहाबाट सत्य खोज।“ नेपाली समाज ज्ञानको अभावबाट ग्रस्त समाज हो। तर यो आफैं समस्या होइन, समस्या गलत ज्ञानले भरिएको दिमाग हो। यो रोग नेतामा त छ नै, अरुलाइ पनि धेरै छ। सिक्न छल्फल गर्न र सत्य खोज्न नचाहने मानिस समाजका लागि बढी खतरा हुन्छ।

१. जर्मन दार्शनिक पल्सनले भने, “हरेक मानिसमा दुनियाँलाई प्रभावित गर्नसक्ने क्षमता हुन्छ। तर उसले अवसर चिन्न सकेन भने, उसले आफ्नो क्षमताको प्रयोग गर्न सक्दैन।“ कस्ता मानिसले अवसरको पहिचान गर्न सक्छ। न्युयोर्क टाइम्सका पुराना पत्रकार हयारिसन सैल्स्बुरीले माओको उदाहरण दिदै भनेका छ्न “जो मानिस जटिल होइन साधारण छ, र समाजका समस्यालाई समाजबाटै समाधान खोज्छ।“

२. समाजमा जति संकट मडारिन्छ, त्यसले नै उच्चस्तरीय व्यवस्था पनि पैदा गर्छ । मेरो आफनै शास्त्रमा पनि जिज्ञानले भन्छ, बढी अपराध भोगेको समाज राम्रो कानुन बनाउँछ।“ संकटले मानिसलाई समाधानको लागि राम्रो व्यवस्था “order“ को अवसरको खोजी गर्ने मौका दिन्छ। नेपालमा देखिएका राजनीति र आर्थिक संकट जटिल छन्, तर यिनै संकटले नयाँ उपाएको खोजी गर्ने हो।

३. संकट परिवर्तनलाई निषेध गर्दा आउँछ । नेपालमा लगातार परिवर्तनलाई रोकियो। जनता बेगले हिँड्न चाहन्थे तर शासन व्यवस्थामा बस्नेले विकास परिवर्तन र समृद्धिलाई आफ्नो पारख र कला हो भन्ने ठाने । परिवर्तनलाई दिशा निर्देश गर्न सकिन्छ, तर त्यसो गर्ने ज्ञान विज्ञान र वैज्ञानिक चेतद्वारा निर्देशित हुनुपर्छ । यसो हुन नदिने एउटा तत्व हुन्छ, त्यो अल्पज्ञान हो। अल्पज्ञानका तीन विशेषता हुन्छन् (क) यो भरिएको हुन्छ र त्यसले नयाँ ज्ञानलाई छेउमा आउनै दिंदैन। यस्ता मानिसहरुले समाजका भित्री तत्वले कसरी समस्या निर्माण गर्द्छ भन्ने भेउ पाउँदैनन् त्यसैले उनीहरु सधैं समस्याको समाधान कारणको खोजी, विचारको निर्माण र विचारलाई योजनामा रुपान्तरण गरेर मानिसको जीवनलाई सहज बनाउने रणनीति होइन, समस्याको समाधान खोज्ने मसिहा देवता खोज्छन् । थुप्रैले अहिले राजालाई समस्याको समाधान देखेका छन्, जुन देशमा जनता गरीब छन्, विज्ञान कमजोर छ, उत्पादन कमजोर छ, रोजगार छैन त्यहाँ देशलाई बदल्ने विज्ञहरुको खाँचो हो कुनै इतिहासमा रहेको संस्थाको होइन ।

४. समाजको समस्या सामाजिक हो, देवताको पुजा गर्ने संस्कारको होइन। कसैलाई खास धर्म चाहिएको छ।

५. किन मानिस अगाडी बढ्ने सोच त्यागेर पछाडि फर्कने प्रयास गर्छ र कस्ले त्यसो गर्छ। जो परिवर्तनबाट डराउँछ, उसलाई कसैको औंला चाहिन्छ बाँच्न । उसले परिवर्तनलाई रोक्न खोज्छ। जो मानिसलाई आफना स्वार्थका लागि राष्ट्रघात गर्नुछ, उसले अरुको काँध चडेर राष्ट्रप्रति बेइमान गर्छ । जो मानिसले आफ्नो अवसर चिन्दैन ऊ कसैको छेउमा उभिएर आफ्नो सुरक्षा खोज्छ ।

दुनियाँ परिवर्तनको ज्ञान सीप दुबै समाजबाटै आउँछ। अहिले नेपालमा परिवर्तन हुन नसक्ने अवस्था होइन, परिवर्तनलाई बिचारहिन राजनीतिले रोकेको अवस्था हो। किन विचारहिन राजनीतिको यस्तो माहौल बनेको हो ? उत्तर गाह्रो छैन । अहिले सक्ने र नसक्ने, जान्ने र नजान्ने, योग्य र अयोग्य, नैतिक र अनैतिक, पुरानो र नयाँ बीचमा तिब्र प्रतिस्पर्धा छ। अयोग्यले आफूलाई जोगाउन, र योग्यलाई रोक्न सबै किसिमका जालझेल गरिरहेको छ । यो लडाइँ किन कमजोर भयो योग्यका तर्फ ? धेरै योग्य पलाएन भए, राजनीतिलाई नेताको, राजाको र मालिकको बिर्ता ठानेर आफुहरु बाहिर बसे, राजनीतिलाई डर्टीगेम भन्ने अफवाह फैलाइदिए र युवालाई देश होइन स्मार्टफोनको दास बनाइदिए । आज युवा हातमा ६० हजारको बाबुआमाको सम्पत्तिले किनेको स्मार्ट फोन बोकेर भन्छ, यो देशमा अवसर छैन ।

म पल्सनको भनाइ माओको किसानप्रेम, लि क्वान यु को समर्पण, कास्ट्रोको संघर्ष, लाल बहादुर शास्त्रीको नैतिक आदर्श, इमरान खानको आँटबाट सिक्न र अल्प ज्ञान छोडेर अरु कसैको होइन जनताको समृद्धिमा चासो राख्न मन पराउँछु । केही मित्रका ब्यङ्गको जवाफ पनि हो यो । राजनीति सिर्जनात्मक हुनुपर्छ, प्रतिक्रियात्मक होइन। राजनीति जीवन प्रणाली व्यवस्थापन गर्ने विज्ञान हो, खेल होइन। राजनीति नैतिकताको धरातलमा उभिन्छ, र त्यो धरातल अरुलाई मन परोस् वा नपरोस आफूले मानेको विचारधारा हो ।
त्यसैले, अब अगामी निर्वाचनमा नैतिकता छलफलको विषय बन्छनै ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ