नेताहरुका कारण आफ्नो अस्तित्व गुमाउँदैछ नेपाल



करिश्मा मानन्धर ।
मनमा लागेको र भोगेको देखेको कुरा भन्दैछु । हजुरहरु कसैको सन्दर्भ मिल्न गएको भए माफी पाउँ । गाली खान्छु त्यो पनि थाहा छ । राजनीतिमा अलि सचेत भएको भनेको २०४६ सालको आन्दोलनदेखि हो ! त्यो पनि पल्लो घरको अगाडि साथीलाई भेटेर घर फर्कदै गरेका दाइलाई सुरक्षाकर्मीले पिटीपिटी मारेका थिए, त्यो देखेर ! त्यो दाइले पर्खाल चढ्ने निकै कोशिश गर्नु भएको रहेछ । पर्खालमा उम्रेको बनस्पतिको डोब त्यो बाटो हिँड्दा एकैद्धिन टोलाएर हेर्ने गर्थेँ र सोच्थे त्यो अन्तिम अवस्थामा उनको मनोदशा कस्तो थियो होला !! शान्ति !!
फेरि सुरु भयो जनआन्दोलन !

बग्रेल्ती डाँडा ढाकिने गरि छरपस्ट मृत मानव शरीरहरु टेलिभिजनमा हेर्दा बिहान बिहान खाली पेटमा भएको तरल पदार्थ र आँसु एकै पटक निस्किन्थ्यो ! त्यसपछि त के के हो के के ? दरबार हत्याकाण्ड । त्यतिबेलासम्म पनि नेपाली समाजमा भाइचारा र एकअर्काको धर्म संस्कृतिप्रति सम्मान थियो ।

पृथ्वीनारायण शाहले भनेको कुरा ‘चार जात छत्तीस वर्ण’ हिन्दू, बुद्धिस्ट, मुस्लिम, किरात, डोम, शिख सबैले सबैको सम्मान गर्थे ।
पछि क्रिश्चियन आयो तर हाम्रो निधारमा लगाउने रातो गौरवको टीकालाइ घृणा गर्यो !! हाम्रो देवतालाई ढुङ्गा भन्यो ! हामी पञ्चतत्व पूजक हौं, प्रकृति पूजक हौं । ‘धर्म निरिपेक्ष’ त्यो पनि ठिकै भयो सबैको आस्थाको सम्मान भयो ।

तर अब नयाँ कुरा सुरु भयो ! मौलिक धर्म मानेर बस्नेहरुलाई समस्या दिन थालियो । २० वर्ष जति भयो । अब हुँदाहुँदा डमरू र त्रिशूल किन नेपाली सेनाको चिन्ह भन्ने कुरा आयो ! भैरव, काली, शिव, गणेश, किन ‘गण’ हरुको नाम राख्ने भन्ने कुरा आयो !
व्यवस्था परिवर्तन भयो ! भएपछि रोएल नेपाल भनिएकाहरु हटाउ !! तर हाम्रो आस्था मानिएका ठाउँहरु किन हटाउने ?
जसरी तिम्रो आस्थालाई गाली गर्दा चोट लाग्छ त्यस्तै हामीलाई पनि हुन्छ होला नी !!

अहिलेको अवस्थामा २०११ को जनगणना अनुसार हिन्दूको प्रतिशत ८० प्रतिशत माथि छ
हिन्दू धर्मशास्त्र अनुसार सहनु धर्म हो भन्ने मान्यता छ । तर हेर्नू होला अबको दुई वटा जनगणना पछि हिन्दूको संख्या आठ प्रतिशत हुनेछ ।
हाम्रो आर्मी दलको नाम ‘जिजस’ दल ‘मेरि’ दल हुनेछ । ( though I respect them because they are somebody’s faith ) मन्दिरहरु एक हजार वर्षपछि पुरातत्व विभागले खोज्नुपर्ने हुनेछ । यो नेपालको मौलिकता ,कथा कहानीमा खोज्नुपर्ने हुनेछ !!
नेपाल भन्ने एउटा देश थियो जुन स्वतन्त्र थियो, स्वर्ग थियो तर त्यहाँका नेताहरुको कारण आफ्नो अस्तित्व गुमाउन बाध्य भयो ।
म यो अस्तव्यस्त अवस्थाका कारण यो सोच्न बाध्य भएँ !! आशा छ ८० प्रतिशत हिन्दूहरुलाई यो सब सहन सक्ने साहस
भगवान पशुपतिनाथले प्रदान गर्नेछन् !
हर हर महादेव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार