सरकार, तिम्रो गति र मतिको कारण जनस्वास्थ्यमा नराम्रो खेलबाड भयो नि !



शारदाप्रसाद त्रिताल ।

१. भारतले अप्रिल १ मा नै भ्याक्सिन निर्यात नगर्ने निर्णय गर्यो । त्यसपछि तिमीले त्यसको विकल्प खोज्न खासै चासो देखाएनौ ।
मे २६ मा आएर राष्ट्रपति मार्फत प्रयास त गर्यौ तर त्यस ढिलाइको कारण हजारौं नागरिकको ज्यान गयो भने लाखौं नागरिक संक्रमित भएर कठिनतम जीवन विताइ रहेका छौं ।

२. इतिहासमै शायद पहिलो पटक तिम्रो पालामा दुबै छिमेकी राष्ट्र भारत र चीनसँगको सम्बन्ध एकैपटक चिसिन पुग्यो । देशलाई अफ्टेरो पर्दा एउटा छिमेकी रिसाए पनि अर्कोले सहयोग गरिरहेको इतिहास हो हाम्रो ।

निवर्तमान स्वास्थ्य मन्त्रीका अनुसार उत्तरी छिमेकी चीनले भ्याक्सिन खरीदको लागि मूल्यको जानकारी दिन समेत आनाकानी गर्यो रे । यदि चीनलाई वेवास्ता नगरेका थियौ भने उसले हाम्रो लागि धेरै ठूलो सहयोग गर्ने थियो । यो सबै तिम्रो अविवेकी ब्यवहार र कमजोर कुटनीतिका कारण भएको हो । यस्तो विपत्तिमा समेत दुबै छिमेकी तिम्रो रमिता हेर्न बाध्य भए र नेपाली जनताको दु:ख अझ बढ्न पुग्यो ।

३. नेपाल रणनीतिक रुपमा महत्वपूर्ण भएको कारणले यदि उपयुक्त कुटनीतिक प्रयास भएको भए अमेरिका, वेलायत लगायत अन्य युरोपियन राष्ट्रहरुले नेपाललाई भ्याक्सिनमा ठूलो सहयोग गर्ने थिए । त्यहाँ पनि चुक्यौ । विश्व स्वास्थ्य संगठनसँग समन्वय गर्नै सकेनौ ।

४. कोभिड १९ को समस्या गत डेढ वर्षदेखि गम्भीर रुपमा फैलिएको र अझै केही वर्ष यसको प्रभाव रहने विज्ञहरुको राय रहेको देखिन्छ ।
यस्तो वेलामा अन्तर्राष्ट्रिय जगतसँग गहन सम्पर्क, समन्वय र सम्बन्ध राख्न सक्ने व्यक्ति परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयमा मन्त्री बनाइनु पर्थ्यो । यी तीनै मन्त्रालयमा आफ्नो भूमिकालाई एकरत्ति प्रभावकारिता दिन नसक्ने तथा अंग्रेजी भाषामा एक वाक्य बोल्न र लेख्न समेत नसक्ने व्यक्तिहरु नियुक्त गरिनु वर्तमानमा राष्ट्रका लागि ठूलो धोका हो ।

५. वर्षौंदेखि स्वास्थ्य सामग्री आयात गरिरहेका अनुभवी र सम्पर्क राम्रो भएका संस्थाको सट्टा अनुभव नै नभएका आफ्ना चम्चेहरु मार्फत काम गर्न खोजेर अर्को नौटंकी देखायौ ।

६. यति ठूलो महामारीमा शायद यति कमजोर व्यवस्थापन संसारको कुनै देशमा छैन !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन

काठमाडौँ । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको लगभग एक वर्ष भयो । तल्लो सदनभन्दा

झापाबाट माओवादी केन्द्रको तराई मधेश जागरण अभियान सुरु हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजबाट झापाबाट सुरु हुँदैछ

लमजुङ केन्द्रविन्दु भएर भूकम्प

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर

मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा