यसो गरेको भए बा’लाई हामीले पनि ‘आइलभ यू’ भन्न हुन्थ्यो



नारायण गाउँले ।
–बा’ले बालुवाटारकाण्डमा भूमाफियासँग सोझो सम्बन्ध र लाभ लिएका नक्कली सुकुम्बासी विष्णु पौडेललाई मुद्दा नै नचलाए पनि पार्टी र सरकारको जिम्मेबारीबाट हटाएको भए,

–क्षुद्र र भ्रष्ट गोकुल बाँस्कोटालाई छानबिनसम्म हुन नदिई उल्टो पुरस्कृत गर्ने गतिछाड़ा काम नगरेको भए,
–वाइडबड़ीदेखि ओम्नी काण्डसम्म निष्पक्ष छानबिन गराई केही विपक्षी र केही नजिककै नेता भए पनि कारबाही गरेको भए,
–सधैँ झूट, दम्भ र आत्मप्रसंशाको साटो विनम्रता र भद्रतापूर्वक सीमित साधनस्रोतले गर्दा देशका असीमित आवश्यकता पूरा गर्न नसकिएको स्वीकार गरेको भए,

–राष्ट्रपतिदेखि अख्तियार र संसदसम्मका संस्थालाई गोटीजस्तो बनाउने काम नगरेको भए,
–ऐतिहासिक भनिएको बाम एकतालाई बचाउन अलिकति लचिलो भएर सबैलाई समेट्ने र आवश्यक परे त्याग समेत गर्न सकेको भए,
–सुकुम्बासीको ठाउँमा सुरेन्द्र पाण्डे या कुनै विज्ञलाई अर्थमन्त्रालय दिएको भए,

–देउबा र महन्त ठाकुरहरूलाई दिएको भाउ र भाग आफ्नै दलका नेताहरूलाई दिएको भए,
–महामारी नियन्त्रणदेखि खोपसम्म कमिशनको लोभ नगरी आफ्ना भित्रिया मन्त्रीहरूको साटो विज्ञहरू राखेर टास्क फोर्स निर्माण गरी अघि बढेको भए,

–र, संसदलाई बाँदरको पुच्छर जस्तो नबनाई सबैलाई समेटेर अघि बढ्ने चरित्र देखाएको भए,
बा’लाई हामीले पनि आइलभ यू भन्न हुन्थ्यो,

–शारीरिक स्वास्थ्य कमजोर हुँदा पनि निरन्तरको खटाइका लागि,
–विखण्डनकारी सीके रावतदेखि विद्रोही विप्लवसम्मलाई डिफ्यूज गर्ने कार्यका लागि,

–नक्सा छाप्ने कामदेखि पछिल्लो समय उद्घाटनमोहकै लागि भए पनि राष्ट्रिय आयोजनालाई अद्भुत गति दिने कामका लागि,
–र, होलीवाइन काण्डजस्ता गल्ती भए पनि पछिल्लोपटक राष्ट्रिय स्वाभिमान र संस्कृतिको उत्थानमा देखाएको अभिरुचिका लागि !

ओलीका सबै गल्ती क्षम्य होलान् तर भ्रष्टाचारलाई संस्थागत गर्ने र भ्रष्टलाई कारबाहीको साटो उल्टो पुरस्कृत गर्ने प्रवृत्ति भविष्यमा पनि घातक सिद्ध हुनेछ । ओलीले गर्न हुने, हामीले किन नहुने भन्नेहरूको कमी हुने छैन । आफैले गरेका त्यत्रा आमसभा, बनिनसक्दैका उद्घाटन र बालुवाटारका दिनहुँजसो सयौं कार्यकर्ताको भीड़लाई एक वचन आत्मालोचनासम्म नगरी जनताकै लापरबाहीले गर्दा कोरोना फैलिएको भन्न सक्ने हदको दम्भ र घमण्ड पनि अक्षम्य नै हो ।

बाँकी त, पार्टी तिनै हुन्, नेता तिनै हुन्, जनताको खोलमा कार्यकर्ता तिनै हुन् र देश त्यही हो । ओलीले सधैँका लागि रात पारेको र अब घामैं घाम हुने पनि होइन, यतिन्जेल ओलीले काँध थापेकाले देश धानिएको र अब भुइँमैं थेचारिने पनि होइन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । आइतबार

कोप–२९ मा भाग लिन राष्ट्रपति पौडेल अजरबैजानको बाकु प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय

जापान मानव तस्करी प्रकरणः पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । जापान मानव तस्करी गरेको आरोपमा आइतबार पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतको अनुमति

पोखरा । सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप