ओलीलाई सुरेन्द्र पाण्डेको जवाफः प्रश्नहरु हेर्दा तपाईंमाथि नै धेरै प्रश्नहरु सोझिएका छन्
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ पठाएका छन् ।
मंगलबार नेता पाण्डेले स्पष्टीकरणको जवाफ पठाएका हुन् । पाण्डेले ओलीलाई तपाईंले सोधेको स्पष्टीकरण जवाफ दिन लायक नभएको तर पार्टीको विधान पालनाका लागि मात्र पठाएको उल्लेख गरेका छन् ।