नेपालको राजनीति न हो…नाटक र नौटंकी…



शारदाप्रसाद त्रिताल ।
नेपालको राजनीति न हो….नाटक र नौटंकी….
बक्र रेखामा हिंड्छ,
बोलिन्छ एक कुरा, गरिन्छ अर्को,
आफू सत्तामा हुँदा जे गर्न हुँदैन, त्यही गरिन्छ,
सत्ताबाट बाहिर पुगेपछि आफैंले पहिले गरेको जस्तै गरी सत्ताधारीले गर्छ भन्ने सोचेर होला, परिणाम आउनु पहिलेदेखि नै खबरदारी गरिन्छ,
बहुदलीय पद्धतिमा सत्तामा सधैं बसिरहन सकिंदैन, त्यसैले पद्धति बसालौं र संस्थाहरुको सबलीकरण गरौं भनेर कहिल्यै सोचिंदैन,
आफुलाई कानुन र पद्धति नचाहिने अरुबाटमात्र कानुन र पद्धतिको पालना गरिदिनुपर्ने सोच दलहरुमा देखिन्छ ।
उदाहरणको लागिः

१. २०७४ सालको स्थानीय तहको निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिकाको मेयरको मनोनयन गर्ने अन्तिम दिन नेपाली कांग्रेसका उम्मेद्वारको उमेद्वारी फिर्ता गराउन ५ बज्न ५ मिनेट पनि बाँकी नरहेको अवस्थामा तत्कालिन माओवादी र नेपाली कांग्रेसले निर्वाचन आयोगलाई पारेको प्रभाव र अहिले तिनै पक्षले निर्वाचन आयोगलाई गरेको खबरदारी तुलनायोग्य छ ।

२. अहिलेको सत्तारुढ दलको सरकारी गुट जसले वर्तमान संविधान निर्माण गर्दा मुखियाको रुपमा संलग्न भई प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँदैन भन्ने गैरप्रजातान्त्रिक प्रावधान राख्न भूमिका खेल्यो, उही गुटले अहिले संसद विगठन गर्यो र संसद विगठन गर्ने प्रधानमन्त्रीको अधिकार हो भनेर उफ्रिरहेको छ ।

३. राप्रपा जसले गणतन्त्रको विरोध गरेजस्तो देखाउँदै गणतान्त्रिक मन्त्री पद पड्काउन कहिल्यै छोडेन, उसले अहिले राजा आऊ देश बचाऊ भनी स्वस्फुर्त रुपमा सडकमा आएकाहरुको नेतृत्व गर्न अग्रसर हुने प्रयास गरिरहेको छ ।

४. मधेश केन्द्रित दलहरु जसले संविधान जलाउँदै हिंड्छन्, मन्त्री पद पाउनासाथ उफ्रेर सत्तामा पुग्छन् र सत्ताबाहिर रहेको अहिलेको समयमा त्यही संविधानको संरक्षण गर्ने भन्दै सडक तताउन पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राधिकरणको देवनगर सबस्टेसन र गोन्द्राङ–देवनगर ३३ केभी प्रसारणलाइन संचालनमा

काठमाडौँ ।  चितवनको देवनगर सबस्टेशन शनिबारदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ

कान्तिलोकपथमा कार दुर्घटनामा परी दुईजनाको मृत्यु, एक गम्भीर घाइते

  मकवानपुर  । मकवानपुरको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा शनिबार बिहान सवारी दुर्घटना हुँदा

कांग्रेससँगको छलफलमा प्रधानमन्त्री संसदीय छानबिन समिति गठन गर्न तयार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन

नेपाल प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा