‘त्यागको प्रतिमूर्ति’ बनेर आफ्नो स्वास्थ्यको बेवास्ता गर्ने कि आफू स्वस्थ रहेर अरुलाई मद्दत गर्छु भन्ने ?



डा. अरुणा उप्रेती ।
महिला पहिले आफू स्वस्थ हुनुपर्छ, अनि मात्र अरुको माया गर्न सकिन्छ । कोरोनाको बेला घरका कोही पनि बिरामी भए महिलालाई नै भारपर्ने गरेको छ । बिरामीको स्याहार र बिरामीको तनाव पनि घर कि गृहिणीले हेर्नुपर्ने तर उनी कोरोनाबाट बिरामी भए चाहिँ घरका लोग्ने मानिसले कति सेवा गर्छन् होला ? हाम्रोजस्तो सामाजिक संरचना भएको देशमा विशेषगरी महिलाहरू अरुको सेवा गर्छन् तर आफ्नो स्याहार गर्न भ्याउँदैनन् वा आवश्यकता नै ठान्दैनन् । त्यसैले उमेरै नपुगी स्वास्थ्यसम्बन्धी विभिन्न समस्या भोग्न बाध्य हुन्छन् ।

That’s why I always say अरुको सेवा गर्ने महिलाले पहिले आफ्नै शरीरलाई माया गर्नुपर्छ। घरपरिवारमा रहँदा महिलाले कामको व्यवस्थापन गर्न सक्नुपर्छ । एकआपसमा कामको बाँडफाँट गर्नुपर्छ। बिहान योगासान गर्न नभ्याए बेलुका गर्न सकिन्छ । अफिसमा रहँदा पनि एकनास बसिरहने गर्नुहुँदैन। उठ्ने वा हिँड्ने गर्नुपर्छ । धेरै महिलाहरूमा भिटामिन डी कमी भएको पाइन्छ त्यसका लागि क्याप्सुल खाने भन्दा पनि घाममा बस्ने गर्नुपर्छ । यसका साथै दुध, दही खाने बानी गर्नुपर्छ । रोग लागिसकेपछि पछुताउनु भन्दा अघि नै सोच्न जरुरी हुन्छ ।
खाना बनाउने, खुवाउने, भाँडा माझ्ने, कपडा धुनेलगायत सरसफाइका काम, श्रीमान् छोराछोरी–सासुससुराको ख्याल राख्ने काम महिलाकै जिम्मामा हुन्छ । कामकाजी महिला भएपनि कतिले यी सबै काम गर्नुपर्छ ।

उनीहरूलाई सघाउने कोही हुँदैनन् । त्यसैले उनीहरू आफ्नो लागि समय नै निकाल्न पाउँदैनन् । कामको केही जिम्मा घरका अरुलाई पनि दिनु नै पर्छ, सबै काम आफैं गरेर त थाकिन्छ नि घरायसी वा कार्यालयको कामबाट समय निकालेर महिलाहरूले आफ्नो शरीरको ख्याल राख्नुपर्छ। आफैँलाई पनि माया गर्नुपर्छ । महिलाहरूले शारीरिक व्यायाम गर्ने गर्नुपर्छ। यसले शरीरमा फूर्ति दिन्छ।

जसरी भगवानको पूजा गर्न समय निकालेजस्तै दिनको आधा घण्टा समय दिनुपर्छ। यसले मानसिक स्वास्थ्य पनि राम्रो हुन्छ । काम गरेपछि थाकिन्छ । आराम गर्ने बानी पनि गर्नुपर्छ।
मन्दिर र मस्जिद, गिर्जघर, गुम्बामा दियो जलाउनु अघि आफ्नो घर नै उज्यालो पार्नुपर्छ, घर अँध्यारो गरेर पूजा गर्ने ठाउँमा उज्यालो पार्न के अर्थ रह्यो र ? त्यसरी नै “त्यागको प्रतिमूर्ति“ बनेर आफ्नो स्वास्थ्यको बेवास्ता गरेर अरुको सेवा गर्छु, माया गर्छु भन्ने कि आफू स्वास्थ्य रहेर अरुलाई मद्दत गर्छु भन्ने ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने

काठमाडौँ । आजदेखि काठमाडौंमा सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका

इलाममा एमाले–माओवादीको आँधी चिरेर रास्वपाले जित्यो भने परम्परागत राजनीतिमा पक्कै पहिरो जानेछ

नारायण गाउँले । सुवास नेम्वाङका छोराले जित्छन् होला ! कांग्रेस र माओवादी मिल्दासमेत

तेस्रो लगानी सम्मेलन आजदेखि, नौ खर्ब बराबरका १५१ परियोजना प्रस्तुत गरिने

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौँ । ठूला पूर्वाधारमा लगानी जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई दिवसीय तेस्रो लगानी