‘आशा गरौँ, यो अब शब्दयुद्धभन्दा अगाडि नबढोस्’



नारायण गाउँले ।

इजरायल र साउदी अरबमा बस्ने नेपालीहरू बारे सोच्दै छु । म भएको भए मिलेसम्म एकडेढ़ महिनाको छुट्टी लिएर फर्किने थिएँ होला ।
मेरो पुण्टे विश्लेषणमा ईरान र अमेरिकाबीचको तनाब युद्धमा बदलियो भने त्यसको सबैभन्दा ठूलो असर इजरायलमा पर्ने अनुमान छ ।

१- मध्यपूर्वमा अमेरिकाको सबैभन्दा नजिकको साझेदार इजरायल हो । रसिया र अमेरिका दुबै पक्षका मुश्लिम देशहरूले इजरायललाई शत्रु मान्ने हुनाले इजरायलमाथिको हमलाले इरानलाई त्यस क्षेत्रमा मात्र नभई सिङ्गो मुश्लिम जगतमा लोकप्रियता र सहानुभूति हासिल गर्न मद्दत गर्ने अनुमान गर्न सकिन्छ ।
२-बदला लिने बताइसकेको र पहिलेदेखि नै युद्ध अमेरिकाले सुरु गरे आफूले खतम गर्ने धम्की दिँदै आएको इरानले पक्कै प्रतिकार गर्ने आमविश्वास छ । अमेरिकी हमलालाई उसले इजरायलको नाम पनि जोडेर भर्त्सना गरेकाले इजरायल निशाना बन्न सक्ने अनुमान गरिएको हो ।
३.मेनल्याण्ड अमेरिकामा आक्रमण गर्न सजिलो नभएकोले मध्यपूर्वमा रहेका नजिकका अमेरिकी बेसहरू निशाना बन्न सक्छन् । रसियाको प्रत्यक्ष या अप्रत्यक्ष सहयोगबिना सोझै इरानले युद्ध सुरु गर्न सक्ने सम्भावना कम छ । टर्की या रसियाको ब्याकअप मिल्ने हो भने इरान अमेरिकामाथि भारी हुन सक्ने अनुमान छ । यस्तोमा इजरायल र साउदी अरेबियाले अमेरिकालाई साथ दिन सक्ने हुँदा तिनलाई मुख्य बाधाको रूपमा हेरिन सक्छ । अमेरिकाका परम्परागत सहयोगी बेलायत, फ्रान्स र जर्मनीले तत्काल अमेरिकालाई सैन्य मद्दत गर्ने सम्भावना कम छ ।
४. सामरिक रूपमा निकै शक्तिशाली रहे पनि भौगोलिक रूपमा इजरायल सानो र एक्लो रहेकाले त्यसलाई निशाना बनाउन सजिलो ठान्नेहरू हुन सक्छन् ।
५-अमेरिकाजत्तिको ‘इंटेलिजेंस’ इरानसँग नभएकाले टार्गेटेड र कोअर्डिनेटेड आक्रमणभन्दा पनि ऱ्याण्डम हमला बढ़ी हुनसक्ने हुँदा त्यसले सार्वसाधारण गैरसैनिकको हताहती धेरै हुन सक्छ । सिरियादेखि अफगानिस्तानसम्म यस्तै ऱ्याण्डम या सीमित इंटेलिजेंसको सहारामा भएका अमेरिकी आक्रमणमा हजारौँ सार्वसाधारणले ज्यान गुमाइसकेका छन् । सीरियामाथि रसियन बमवारी पनि यस्तै ‘ठाउँ नै बढार्ने’ खालको थियो । युद्ध र तनाब जति बढ्दै जान्छ, दुबै पक्षबाट यस्तो जथाभावी हमलाको सम्भावना पनि बढ्छ ।
६ –इरानले सोझै हमला नगरे पनि द्वन्द्व चर्किने र सिङ्गो विश्वसहित अमेरिका इरानतिर अलमलिने हो भने परम्परागत शक्तिहरूले समेत इजरायलमाथि आक्रमण बढाउन सक्ने सम्भावना रहन्छ ।

यो सामरिक उत्तेजना सेलाओस् र मत्थर होस् भन्ने कामना गर्नुबाहेक हामीले गर्न सक्ने भनेको आफ्नो सुरक्षा चिन्ता र सतर्कतामात्रै हो । बग्दादस्थित अमेरिकी दूतावासमा हमला र आगजनी भएको केही घण्टा बित्न नपाउँदै अमेरिकाले इरानी सैन्य कमाण्डरलाई लक्ष्य बनाएर गरेको हमलाले यसको तयारी धेरै पहिलेदेखिको हो भन्ने देखाउँछ । दूतावास आक्रमण त एक बहाना जस्तो बनेको मात्र हो । उत्तरकोरियाका शासकको शैलीमा अमेरिकालाई घुँडा टेकाउने धम्की दिँदै आएका इरानी सैन्य कमाण्डर धेरै पहिलेदेखि अमेरिकी राडारमा थिए ।

यसको पर्दामा इरान देखिए पनि यो अमेरिका र रसियाबीचको शक्तिसङ्घर्षकै एउटा कडी भएकाले यो विश्वकै शान्तिसुरक्षाका लागि थ्रेट बन्न सक्छ । आशा गरौँ, यो अब शब्दयुद्धभन्दा अगाडि नबढोस् ।

ए अँ, यो अत्यन्त सीमित ज्ञान, सूचना र विश्लेषणका आधारमा गरिएको अनुमान भएकाले पूरै गलत हुन पनि सक्छ है ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मिलिनियम ट्रेक’लाई नियाल्दा

सागर श्रेष्ठ।  पहाडको प्राकृतिक छटा, लेकबस्तीको आत्मनिर्भर अर्थतन्त्र, मौलिक उत्पादनमा आश्रितहरुको कथा चिनाउने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)