तिहारको खाना आहा ! कि उफ !



डा. अरुणा उप्रेती

–तिहारमा खाना खाँदा आफ्नो स्वास्थ्यको रक्षा गर्नु जरुरी नै छ । युवावस्थामा काम गरेर भविष्यमा चाहिन्छ भनी बैंकमा पैसा जम्मा गर्छौं । तर युवावस्थादेखि नै आफ्नो स्वास्थ्य, भोजन, जीवनशैलीमा ध्यान दिने हो भने कतिपय स्वास्थ्य समस्या धेरै कम हुन्छ । । मोबाइल, कम्प्युटर आदि किन्दा हामी कुन प्रकारको बढी टिकाउ हुन्छ भनेर विचार गर्छौं। शरीरको टिकाउपन र स्वास्थ्य अवस्थाबारे पनि त विचार गर्नुपर्छ, होइन र ?

प्रायः तिहारको बेलामा घर–घरमा पुरी, सेल पकाइन्छ वा बजारबाट किनेर ल्याइन्छ । किनेर ल्याएको सेल, पुरी कस्तो तेलमा पकाएका हुन्छ भन्ने हामीलाई थाहा हुँदैन । राम्रै तेलमा पकाए पनि एउटै तेलमा पटक–पटक पकाएपछि त्यो तेलमा विषालु तत्व पैदा हुन्छ । घरमा सेल, पुरी पकाएपछि तेल बाँकी रह्यो भने प्रायः फालिन्छ ।

तर पसलमा त त्यही तेल बारम्बार प्रयोग गरिन्छ । बारम्बार एउटै तेलमा पकाइएका जेरी, पुरी, लालमोहन, सेल आदि खाँदा जिब्रोमा स्वाद भए पनि थाहै नपाई मुटु र पेटलाई खराब गरिरहेको हुन्छ । सम्पूर्ण स्वास्थ्यमा नराम्रो असर पार्छ ।

–तिहारलगायत चाडपर्वहरु परिवार र साथीहरुसँग मिलेर मनाउँदा यसले हाम्रो जीवनमा धेरै सकारात्मक भूमिका खेल्छ । तर बढी खाना खाइयो भने शारीरिक स्वास्थ्य समस्या देखा पर्छ ।

चाडबाडमा खानाप्रतिको मोह त्याग्न गाह्रो हुन्छ तर एकछिन्को स्वाद र रमाइलोको लागि कोची–कोची खाइयो भने त्यसले धेरै दिन बिरामी पारिदिन सक्छ । अझ मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल सम्बन्धी समस्या, पेटसम्बन्धी समस्या भएकालाई त यसले दीर्घकालीन समस्या पारिदिन्छ ।

चिसो झोल wa cold drink haru भनेको बास्ना, गुलियो स्वादलगायत फिँजहरु आउने ग्यासहरु राखिएको पानी हो । चिसो झोल सेवन गर्नेहरुको पिसाबबाट ठूलो परिमाणमा म्याग्नेसियम, क्याल्सियम र अन्य अदृश्य खनिजहरु निष्कासन हुने गरेको अध्ययनमा पाइएको छ । शरीरबाट जति बढी खनिजको निष्कासन हुन्छ त्यति नै बढी हाड कमजोर हुने, हड्डी बाथ सुजन हुने थाइराइड ग्रन्थिका कमजोरी हुने गरेको पाइएको छ ।

कहिलेकाहीँ त समस्या यति बढ्छ कि औषधिहरु पनि ‘कमजोर’ साबित हुन्छन् । कतिपय औषधिको धेरै प्रयोग गर्दा त्यसले मृगौलामा समस्या पार्छ । यसले गर्दा चाडबाडमा खानाको आनन्द लिने मात्र होइन, स्वास्थ्यको पनि ख्याल गरेर खानामा संयमता अपनाउनै पर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय