मेरो लागि नवरात्री



डा.गोविन्दशरण उपाध्याय
नवरात्रीमा देवीको आराधना हुन्छ | देवीको अर्थ प्रकाश हो | हामी देवीका अंश हौँ | हाम्रो शरीर आमाको शरीरको अंश हो | हाम्री आमा पनि देवी अर्थात् शक्तिकै अंश हुन् | यस अर्थमा मेरी/हाम्री आमा पनि देवी नै हुन् | शास्त्रले आमा र देवीतत्वलाई अलग मान्दैन |
देवीतत्व अर्थात् प्राणीको शक्तितत्व | सास फेर्न होस् वा हिडडुल गर्न, निदाउन पनि शक्ति नै चाहिन्छ | शक्ति रहित अवस्था मृत्यु हो | नेपाल शक्तिको उत्पत्ति थलो हो | शक्ति उपासना वैदिक उपासना हो | चण्डीले भन्छ – विष्णुले देवीको उपासना गरेका थिए | देवीभागवतले भन्छ – देवी नै संसारकी आधार हुन् |
म पनि भन्छु, देवी अर्थात् शक्ति विनाको संसार रहनै सक्दैन | तेसमा पनि नेपाली भूमि त झन् देवी-तीर्थ नै हो | काठमाडौँ उपत्यकामा मात्र ४३७ शक्तिपीठहरू छन् | भद्रकाली, चामुण्डा, दक्षिणकाली, गुह्येश्वरी प्रसिद्ध छन् | नेपालभरि कति शक्तिपीठ छन् ? तिनमा शक्तिको कसरी उपासना हुन्छ ? अनुसन्धान गरेर अभिलेखीकरण गर्नुपर्छ | नेपालको राजनीति अन्धो छ |
तिनमा शक्तिको कसरी उपासना हुन्छ ? अनुसन्धान गरेर अभिलेखीकरण गर्नुपर्छ | नेपालको राजनीति अन्धो छ |
धर्म, संस्कृति तथा इतिहासको संरक्षणको सवालमा एसमा विश्वास गर्न सकिन्न | नेपालको तान्त्रिक परम्परा शक्ति आराधना हो | प्राडा विद्यानाथ उपाध्याय नेपाललाई शाक्तराष्ट्र मान्छन् | महादेवी पार्वती पर्वतमा जन्मिएकी हुन् | पर्वतको पान्ग्राड देवी पार्वतीको जन्मथलो छ |
हामीले तेसको सम्मान गरेनौं, तेसैले उझेलमा परेको छ | देवी सीताको जन्मथलो सम्झिनेले देवी पार्वतीलाई सम्झनुपर्छ | महत्त्मा बुद्धको नाम जप्नेले देवी पार्वतीको हेक्का हुनुपर्छ | महर्षि कपिल र ब्यासलाई नेपाली हुन् भन्नेले देवी पार्वतीलाई बुझ्नुपर्छ |
शिवकी (peace) वास्तविक शक्ति हुन् | शक्ति र शिवको मिलन नै अर्धनारीश्वर हो | हामी नेपाली शक्ति र शिव दुबैका उपासक हौँ |
बाल्मिकी रामायण पढे भैहाल्छ, देवी सीताले पनि देवी पार्वतीकै आराधना गरेकी थिइन् | देवी रुक्मिणीले पनि देवीकै आराधना गरेकी थिइन् | शास्त्र भन्छ, देवी पार्वती सबैकी आराध्या हुन् | महादेवी पार्वती शक्तिकी उत्स हुन् | सबै शक्तिकी स्रोत हुन् | शिवकी (peace) वास्तविक शक्ति हुन् | शक्ति र शिवको मिलन नै अर्धनारीश्वर हो | हामी नेपाली शक्ति र शिव दुबैका उपासक हौँ |
हामी शान्त छौँ | तर आवश्यकताको वखत हामी अशान्त पनि छौँ | नेपालले विश्वलाई शक्तिसंग शिवको दीक्षा दिन्छ | शक्तिशाली कसरी शिव रहन सक्छन् भन्ने पाठ दिन्छ | न हामी शिव विना रहन सक्छौं, न शक्ति विना | नेपाल शिव र शक्तिको मिलन थलो हो |
शक्तिशाली कसरी शिव रहन सक्छन् भन्ने पाठ दिन्छ | न हामी शिव विना रहन सक्छौं, न शक्ति विना | नेपाल शिव र शक्तिको मिलन थलो हो |
प्रकृतिले पनि नेपालको संरचना तेस्तै बनाएको छ | अर्थात् विश्वको सबैभन्दा होचो ठाउँ देखि विश्वको सबैभन्दा अग्लो – सगरमाथा | हामीले प्रकृतिले दिएको यो संदेशलाई बुझ्न सकेनौं | नेपालको पर्वतबाट (पर्वत जिल्ला) पार्वती शब्द बनेको हो | पर्वतकी छोरी अर्थात् पार्वती |
पार्वती नेपालकी छोरी हुन् | नेपाल शक्तिको स्रोत स्थल हो | पानी पहाडबाट तल बग्छ | हिमाल (पर्वत)बाट शक्तितत्व विश्वभरि बगेको हो | शास्त्र पढ्ने र बुझ्नेले भन्नुपर्छ “पार्वती शक्ति हुन् | शक्तिको मुहान नेपाल हो | हामी नेपाली शक्तिका अर्चक हौँ | पार्वती हाम्रो आराध्या हुन् |
हामी सबै देवी पर्वातिका विनम्र अनुयायी हौँ | देवी पर्वातिका नौबटा रूपमा (नवरात्री)मा आराधना गरिन्छ | नौ ग्रह छन् जसले प्राणीको भाग्य निर्धारित गर्छन् | नौबटा अंक छन् जसले विश्वको अर्थब्यबस्था बनाएको छ | मङ्गलग्रहसम्म जान सान्ख्यकी तयार गरेको छ |
नौबटा अंक छन् जसले विश्वको अर्थब्यबस्था बनाएको छ | मङ्गलग्रहसम्म जान सान्ख्यकी तयार गरेको छ |
विश्वास नगर्नेका लागि कर छैन | तर विश्वास र श्रद्धा एस्तो शक्ति हो जसमा मान्छेको अस्तित्व टिकेको छ | कसैले अस्वीकार गर्दैमा देवीको महत्व घट्दैन | कसैले प्रसंशा गर्दैमा देवीको शक्ति घट्ने पनि होइन | अनन्तलाई नौ दिनमा घटित गर्ने आराधना नै नवरात्री हो |
विश्वले आज नौं अंकको शक्ति (१-९) बुझेको छ तर नवरात्रीको महत्व बुझाउन बाँकि छ | देवीका नौ नाम नै हेरौं | पहिलो नाम शैलपुत्री अर्थात् पर्वतकी छोरी पार्वती | शैलपुत्रीले सत्यका सवालमा छलकपट रहित भएर पर्वतझैं अविचल रहने मानसिक शक्ति दिन्छिन् |
दोस्रो, ब्रहमचारिणी हुन् | ब्रह्मचर्याको अर्थ हो – विशालतासंग एकभाव गरेर कर्म गर्नु | ब्रह्मचारिणीले विश्वलाई आफ्नै अंगका रूपमा देख्नेम बुझ्ने र धारण गर्ने शक्ति प्रदान गर्छिन् | तेस्रो, देवी पार्वतीको रूप हो चन्द्रघण्टा | चन्द्रघन्टाको अर्थ हो सजगता |
आध्यात्मिक, सामाजिक तथा सांस्कृतिक मूल्यहरूप्रति सधैं सजग तथा सकारात्मकताको चेतना राख्ने शक्ति नै |
आध्यात्मिक, सामाजिक तथा सांस्कृतिक मूल्यहरूप्रति सधैं सजग तथा सकारात्मकताको चेतना राख्ने शक्ति नै | असावधान मान्छे जुनसुकै बखत गिर्न सक्छ | कुस्मांडा, स्कन्दमाता, कात्यायनी, कालरात्री र महागौरी – देवी पार्वतिका यी स्वरूपहरूले पनि जीवनका लागि चाहिने अत्यावश्यक शक्तिहरूतिर इंगित गरेका छन् |
कुस्मांडाले विश्व (पृथ्वीप्रतिको) मानवीय दायित्व, स्कन्धमाताले मातृत्वको महत्व, कात्यायनीले दैनिकीमा आराधना तथा समर्पणओ महत्व र महागौरीले विश्वब्राह्मणप्रतिको करूणाभाव राख्नुपर्ने दायित्वको पुनर्बोध गराउँछन् | हामीले पार्वतीकारूमा विश्वदर्शन पाएका छौँ | शिवका रूपमा हामीले शान्तिको संदेश फलाउने दायित्व प्राप्त गरेका हौँ | हामीसंग शक्ति र शिव दूबैको दर्शन छ |
विश्वका हरेक प्राणी देवी पार्वतीका सन्तान हुन् | आमाले आफ्ना हरेक सन्तानलाई समानरूपमा माया गर्छिन् | शक्तिको आराधना गर्ने नाममा हाम्रो हातबाट हिंसा नहोस् | एउटी आमाले सन्तानको बिछोड सहन गर्न नपरोस् |
शक्तिको आराधना गर्ने नाममा हाम्रो हातबाट हिंसा नहोस् | एउटी आमाले सन्तानको बिछोड सहन गर्न नपरोस् |
हामीमा अर्काको अस्तित्व समाप्त पार्ने पाप नलागोस् | किनभने चराचरप्राणीमा यिनै देवी पार्वतीको शक्ति विस्तार छ | एउटा शक्तिले अर्को शक्तिको विनाश नहोस् |
नवरात्रिमा देवी आराधना गर्दै हामीले आफ्नै काम, क्रोध, लोभ, मोह, मात्सर्य, घृणाजस्ता आन्तरिक शत्रुहरू जित्ने प्रयत्न गरौँ | असल कुराहरू विश्वबाट नेपाल भित्र्याउने शक्ति मिलोस् | खराव चिन्तनहरू, विचारहरू, व्यक्तिहरूको मन पवित्र बनोस् |
देशलाई हाक्नेहरूमा आफ्नो मौलिकता प्रति गौरवको भावना उत्पन्न हो | देवी पार्वतीबाट शक्ति प्राप्त गरेर बलवान् तथा राज्यवान बनेकाहरूमा आफ्नो देशको माटो, संस्कृति तथा मौलिकताप्रति चेतना होस् |
अन्त्यमा, हे माता ! मलाई, मेरा देशवासीलाई शक्ति प्राप्त होस् | हाम्रो कर्म इमान्दार बनोस् | हाम्रा बचन सकारात्मक बनुन् | हाम्रो चित्त सधैं असल होस् | देशका हरेक नागरिकका लागि नेपाली बन्नु गौरव हो भन्ने अनुभूत होस् |

अर्को वर्ष, विदेश पस्नेहरूको लर्को कम होस् | हरेक नागरिकमा आफ्नो मौलिक “जरोकिलो”प्रति गौरवको भाव हो | अर्को वर्ष दशैंतिहारजस्ता नेपालका मौलिक चाडवाडहरू “हिन्दूका मात्र” होइन, सबै नेपालीका बनुन् | घृणावाद परास्त होस्, प्रेमभाव बढोस् |या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम: ।।

डा.उपाध्याय त्रिभुवन विश्वविद्यालय दर्शनशास्त्र विभागका प्राध्यापक हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ