हुँ हनुमते नमः हनुमान नाँच



डा. गोविन्दशरण उपाध्याय ।
मैले आफ्नो बाल्यकालमा गाउँले भजन मण्डलीमा (रातभरी चल्ने) हनुमान नांचमा गएको छु भाग लिएको छु । खैजरी, मजुरा, मुर्चुगा र मादलको लयमा हनुमानको भजन गाउँदा “हनुमान उत्रेको“ र हनुमान उत्रेको व्यक्तिले साधारण अवस्थामा गर्नै नसक्ने कामहरू गरेको मैले देखेको छु ।

बाजा र भजनको तालमा “हनुमान उत्रेको व्यक्ति÷व्यक्तिहरूले हनुमानले झैं शक्तिशाली काम गर्ने, सामान्य अवस्थामा चढने नसकिने रूखहरूमा चढ्ने, वोक्नै नसकिने वजनहरू बोक्नेजस्ता क्रियाकलाप गरेको देखेको छु । रामभक्तका रूपमा “उठ हनुमान मार दुष्ट सबैलाई“ जस्ता भजनहरूमा हनुमान “उत्रेका“ व्यक्तिहरूको प्रस्तुति देखेको छु ।

पर्वत, गुल्मी, बाग्लुंग, स्याङ्गजा, कास्की पाल्पाआदि जिल्लाहरूमा हनुमान नांचको प्रचलन छ । बाग्लुंग, गुल्मीआदि जिल्लाहरूमा गुरुंग र मगर समुदायले पूर्णस्वामित्वका साथ हनुमान भजनहरूको आयोजना गर्छन् । म आफैले बाग्लुंगको गलकोटमा मगरहरूले आयोजना गरेको हनुमान नांचमा रातभरि भाग लिएको छु । त्यो भजन गायन समारोहमा बाहुनक्षेत्रीको पनि बाक्लो उपस्थिति थियो र मगर समुदायले भजन गायनको नेतृत्व गरेका थिए । आज पनि यस्तै छ ।

रातरातभरि बडो श्रद्धा व भक्तिका साथ गाइने र नांचिने हनुमान भजनहरू लोप हुँदै छन् । टेलिभिजनको आगमनले रैथाने नेपाली मनोरंजन तथा भक्तिका परम्परागत पद्धतिहरू सङ्कटग्रस्त भएको छन् । कसैलाई टेलिभिजन नहेर्नु वा आधुनिक हिन्दी अंग्रेजी गीतमा न नाँच्नु भन्न मिल्दैन तर आफ्ना परम्परागत भजनहरू, गीतहरू तथा नांचहरूको संरक्षण गरौँ भन्न अवश्य मिल्छ ।

सनातन वैदिक संस्कृतिका यी पात्रहरूका कारण हाम्रा संस्कृति, संस्कार तथा समाज जीवन्त छ । आधुनिकताको नाममा नक्कल गर्ने परिपाटीले हाम्रा पूरातन संस्कृति तथा प्रतिमानहरू नष्ट हुँदैछन् । प्रतिमानहरूप्रति अनादर बढ्दो छ ।

श्रीहनुमान जयन्तीका अवसरलाई सदुपयोग गर्दै नेपालभरि प्रचलित हनुमान सम्वन्धि लोकभजनहरूको सङ्ग्रह गरौँ र ख्याली, चुट्का, चांचरी, मागल, रोइला, सोरठी, मारुनी, दोहोरी, सबाई, बालौरी, देउसी, सिलोक, सेलो, झ्याउरे, भैलोजस्ता भाकाहरू, लय र तालहरूमा गाइने हनुमान–भजनको खोज, सङ्ग्रह, प्रकाशन र अभ्यास गर्नेतिर केन्द्रीत गरौँ ।

साथै देशमा के कति हनुमान मन्दिरहरू, थानहरू छन् र के–कस्तो अवस्थामा छन् ? भन्ने दिशातिर ध्यान दिंदै स्थानीय सरकारहरूसंग समन्वय गरेर तिनको ल्याकत राखौं । मन्दिरको प्राचीनता, मूर्तिको इतिहास तथा मुर्तिको प्रकार, पुजारीहरूको व्यबस्था र मन्दिर संचालनको लागि केकस्ता व्यबस्थाहरू छन्, मन्दिरको सम्पति के–कति छ ? जस्ता विवरणहरू सङ्कलन गरौँ ।

हरेक मठमन्दिरको लगत राख्ने, तिनको सुरक्षा गर्ने र तिनको प्रवर्धन गर्ने काम हाम्रो हो । यी जीवित र सुरक्षित रहे नेपाली संस्कृति सुरक्षित रहन्छ । भुइँचालो पछि भारत, चीन, जर्मन, अमेरिका रयुनेस्कोजस्ता संस्था तथा राष्ट्रहरूले समेत मन्दिर, मूर्ति, पाटीपौवाको पुनर्निर्माण तथा सुरक्षामा प्रत्यक्ष योगदान दिंदैछन् । अब, हामीले यी सबै मूर्त तथा अमूर्त सम्पदाहरूको सुरक्षा र निरन्तरताको स्वामित्व लिनुपर्छ । विदेशीहरूमा भर पर्दा “दुर्घटना“मा पर्न सकिन्छ । काम गर्न दिनुपर्छ तर स्वामित्व आफ्नै हुनुपर्छ ।

मूर्ति र स्रोतः यो हनुमानको मूर्तिको स्थापनापछि (दरवार स्वायर) यो ठाउँको नाम हनुमान ढोका रहन गएको हो । यो हनुमान ढोकामा उभिएको छ । काठमाडौँ उपत्यकाका हरेक गलीमा कमसेकम एउटा हनुमानको मन्दिर नभएको ठाउँ छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना मेयरलाई यसरी शानसँग उभिएको हेरेर खुसी बनौं !

नारायण गाउँले । चुनावमा उठ्नुअघि धेरैले बालेन साहलाई चिनेका थिएनन् ! उठे नै

शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ

जेपी गुप्ता । ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको

ओलीले किन बनाउँदैछन् रविलाई ‘मानवढाल’ ?

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले झापाको गिरिबन्धु टी–स्टेटको जग्गासम्बन्धी विवादमा गरेको फैसलाको

पुरुषभन्दा महिलाको आयु बढी भएको देख्दा अर्को अचम्म लाग्ने विषय खुलेको छ

डा. दीपेन्द्र रोकाया । राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८१ वैशाख २३ गते सार्वजनिक गरेको