हामीले जनतालाई सस्ता नारा मात्र दियौं



नेपाल इतिहासकै गम्भीर मोडमा पुगेको महसुस हुन थालेको छ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्टिय एकता, सवाधिनता र स्वाभिमान अछुण्ण राख्न इतिहासले सुम्पिएको दायित्व निर्वाह गर्न हाम्रा पुर्खाहरुले सुम्पिएर गएका विरासतहरु भत्किदै गएका छन् । हाम्रो देश बहुजातीय , बहुभाषिक, बहुधार्मिक,बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसाथ गरी विविधता बिचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै वर्गिय, क्षेत्रिय, भाषिक, धार्मिक,लैंगिक विभेदको र सबै प्रकारका जातिय छुवाछुतको अन्त्य गरी आर्थिक समानता समृद्धि र सामाजिक न्याय सुनिश्चत गर्न २०७२ को संविधान विभेदकारी र निषेधको पराकाष्ठ हुन पुगेको छ ।

जस्तै नेपालमा २००४ साल देखि २०७२ सालसम्म आइपुग्दा नेपाली जनताले ७ वटा संविधान प्राप्त गरे । त्यसमध्ये २०७२ को संविधानको प्रस्तावनामा इतिहासलाई गाली गरी सामान्ती निरंकुसता केन्द्रिकृत र एकात्मक राज्य व्यवस्थाले सृजना गरेका सबै प्रकारका उत्पीडनको अन्त्य गर्दे भन्ने शब्दले नेपाली जनको आफनो इतिहासलाई गाली गरेको ठहरिन्छ ।

जस्तै बाबुले हामीलाई जन्मायो भन्नु राम्रो हुन्थ्यो तर बलात्कार गरेर भन्नु जस्तै भयो । अबको विषम परस्थितिमा २०१७ सालको परिघटनाले प्रजातन्त्र खोसिएता पनि २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइराला प्रवासबाट स्वदेश फर्के र उनले भने नेपाललाई अक्षुण्ण राख्नका लागी राजाको घाँटी र मेरो घाँटी जोडिएको छ भनेर उनले भने तर उनले त्यो कुरा त्यतिकै भनेका रहेनछन् भनेर प्रमाणित भयो । जस्तै तत्कालिन नेपाल कम्निष्ट पार्टीका महासचिव केशरजंग रायमाझी पनि चीन गएर आए पछि नेपालमा टु पिलर सिस्टम राजा र राजनीतिक दल मिल्नुको बिकल्प छैन भनेर चीनका माओत्सेतुङले भने पछि उनले पनि राजसंस्थालाई साथ दिएका हुन् । तर हामीले २०४६ साल पछि आज ३१ बर्षमा परराष्ट्र नीतिमा पनि चुक्यौं, क्षेत्रीय सुरक्षा पनि कायम गर्न सकेनौं ।

हामीले जनतालाई सस्ता नारा मात्र दियौं । आज जुन किसिमको कोभिड १९ जस्तो महामारी विश्वव्यापी मानव जगतलाई नै भयभित बनाएको छ । हामी यो ३० वर्षमा आर्थिक रुपले तथा खाद्यान्नका हिसाबले परनिर्भर हुन पुगेका छौं । हाम्रो उर्वरभूमि हिमालदेखि पहाड हुँदै तराइसम्मका खेतीगोग्य जमिनहरु उजाड भएका छन् । हाम्रा देशका होनहार युवाहरु खाडी मुलुक तथा विश्व बजारमा ७० लाखको हाराहारीमा बाहिरिएका छन् । हरियो वन नेपालको धन पनि नारामा नै सीमित छ । कृषि प्रधान देश भन्ने नारा पनि नारामा नै सीमित हुन पुगेको छ । ३० वर्ष हाम्रो काम एकले अर्कालाई निषेध गर्नमै व्यतित भयो ।

अब पनि हामीले सहअस्तित्वलाई आत्मसाथ गर्न सकेनौं भने नेपाल देश चरम भोकमरी आन्तरिक द्वन्द्व अत्यधिक वैदेशिक हस्तक्षेपको चपेटामा पर्ने सम्भावना छ । समय छँदै सबैले सोचौ । आधुनिकता र परम्परालालाई सँग सँगै डोर्याउने काम ढिलो गर्न हुँदैन । निषेध र इगोले आफैंलाई खाने मात्र हो । यस विषम समयमा सबै पक्ष मिल्नु पर्छ भन्ने स्वतन्त्र नागरिक समाजको राजनीतिक दल, परम्परागत शक्ति, बुद्धिजिवी, पत्रकार, विद्यार्थीलगायत आमनेपाली दाजुभाइ दिदी बहिनीहरुलाई हार्दिक अपील गर्दछु ।
सयोजक : हेम विक्रम सिलवाल
स्वतन्त्र नागरिक समाज
जयगोरख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पक्ष होस् या प्रतिपक्ष, आफ्नो भविष्यबारे मात्रै सोच्ने व्यक्ति असल नेता हुँदैन

नारायण गाउँले । देशभरि नै सहकारीमा हजारौँ जनताको अरबौं रुपियाँ डुबेको सत्य हो

अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना मेयरलाई यसरी शानसँग उभिएको हेरेर खुसी बनौं !

नारायण गाउँले । चुनावमा उठ्नुअघि धेरैले बालेन साहलाई चिनेका थिएनन् ! उठे नै

शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ

जेपी गुप्ता । ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको

ओलीले किन बनाउँदैछन् रविलाई ‘मानवढाल’ ?

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले झापाको गिरिबन्धु टी–स्टेटको जग्गासम्बन्धी विवादमा गरेको फैसलाको