निषेधले नेपाली जनताको भविष्य अन्धकारमय



हामीले गुमाएका मौलिक परम्परा , मौलिक खेतिपाती , रितीरिवाज , मौलिक संस्कृतिमा अब हामी फर्किनुको बिकल्प छैन । हामीले मौलिकतालाई छोडेर आधुनिकतालाई पछ्याउदा हामी प्रजातान्त्रीक अभ्यासमा लागेका पनि ७० वर्ष कट्यो । तर विश्व आफनोपन , आफ्नो रितिरिवाज , सुसंस्कृति , पहिचान र आफ्नो देशको मौलिकता र परम्परालाइ अत्मसाथ गर्न लागी परेका छन ।

हामी नेपालीजनहरु चाही अरुको नक्कल गरी आप्नो पहिचान धरासाही बनाएर बढेका छौ । अब यसलाइ पुन विचार गर्ने बेला आएको छ । अब आधुनिकताले परम्परालाई समेटेर सगसंगै जाने समयको माग बढेको देखिन्छ । हामीले गरेको निषेधले भविष्य नेपाली जनताको अन्धकारमय हुने देखिन्छ , यस विषयमा सबै पक्षले आ आफ्नो इगो छोडी निषेधको राजनितिबाट बाहिर निष्कनु ढिलो गर्नु हुन्न भन्ने स्वतन्त्र नागरिक समाजको सबै पक्ष संग आग्रह छ ।

अहिलेको विश्वव्यापी कोभिड १९ रोगबाट ग्रसित छन , आफनो आफ्नो अर्थ व्यवस्था कृषि उत्पादन , नागरिक प्रतिको जवाफदेहिता स्वयम राज्यले गर्न पर्ने स्थिती सिर्जना भएको छ । यसबाट पाठ सिकी क्रमसः

(१) कृषि उत्पादनमा जोड ।
(२) युरिया मलबाट जुन माटो अमिलिएको छ , त्यस जमिनलाइ परम्परागत मल उत्पादन गर्न जनतालाई तालिम दिनुपर्ने ।
(३) चालकोल मल उत्पादन गरी खेतियोग्य जमिनमा प्रयोग गर्न सिकाउने र गड्यौला उत्पादन गर्ने ।
(४) किसानलाई अनुदानमा , सहुलियत ऋणको व्यवस्था गर्ने ।
(५) जनताबाट उत्पादित अन्न तथा तरकारी लगायतका उत्पादित खाद्यवस्तुहरुको बजार व्यवस्थापन राज्य आफैले गर्ने ।
(६) बढि उत्पादन गर्ने किसानलाइ राज्यले पुरस्कृत गर्ने जस्ता कार्यहरुलाइ समयमै सोच विचार गर्न सकिएन भने हाम्रो जस्तो देश चरम भोकमरीमा पर्ने देखिन्छ ।

अहिले तत्काल जसोतसो चलेपनि भविष्यको विषयमा राज्य चनाखो हुन सकेन भने आन्तरिक गृह युद र कलहमा फस्ने देखिन्छ । हामीले हिजो गल्ति गर्यौ र सत्ताको आडमा मेनपावर मार्फत देशका हुनहार युवायुवतिलाइ विश्व बजारमा पठाउने काम गर्यौ त्यस बापतको रेमिट्यान्सले आज सम्म देश चल्यो । भालीका दिनमा यो सम्भव छैन । अरुले गर्ने सहयोग तथा अनुदान पनि आफु संग भए दिने हो तर आफनो देशको नागरिकलाइ भाकै राखी अरुलाई सहयोग त गर्दैनन होला । पर्यटन व्यावसाय पनि केहि वर्ष धरासाही नै हुने देखिन्छ , यस कुरामा राज्य संचालकहरुले समयमा ध्यान पुगोस ।

स्वतन्त्र नागरिक समाज
सयोजक : हेम विक्रम सिलवाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राज्यले अनेकौं आविष्कार केन्द्रको स्थापनाबाट युवाहरूलाई डिजिटल क्रान्तिका योद्धा बनाउनुपर्छ

-डा. युवराज संग्रौला । देशलाइ वर्तमान अवस्थाबाट वा आर्थिक संकट र राजनीति अस्थिरताको

म किन सामाजिक संजालसम्बन्धी विधेयक फिर्ता लैजानुपर्छ भन्दैछु ?

-सुमना श्रेष्ठ दुई वर्षको संसदीय अनुभवमा मैले धेरै नै विधेयकमा संशोधन हाल्ने, संशोधनको

निर्यात नै गर्न नसके पनि कति धेरै कुराको आयात प्रतिस्थापन हुनसक्थ्यो कि ?

नारायण गाउँले । एउटा यस्तो रुखबिरुवाको नाम सोच्नुहोस्, जुन प्लेट (थालकटौरा) देखि चम्चासम्म

प्रचण्डलाई लेखनाथको प्रश्नः पार्टीको निर्णयप्रति न प्रश्न उठाइयो, न इन्कार नै, अनि हामी गलत कसरी भइयो ?

लेखनाथ न्यौपाने । कमरेड प्रचण्डले हिजो हामी ४/५ जना साथीहरूको नामै लिएर विद्यार्थी