शेरबहादुर तामाङको मनले के सोच्दै होला यो बेला ?



नारायण गाउँले ।

नेकपामा कुनै बेला शेरबहादुर तामाङ नामका ‘नैतिक’ मन्त्री पनि थिए । बङ्गलादेशमा मेडिकल अध्ययन गरिरहेका नेपाली छात्राहरूको चरित्रमाथि औँला उठ्ने गरी यिनले अभिव्यक्ति दिएपछि सर्वत्र विरोध भयो । यिनले रुँदै माफी मागे र कानुन मन्त्रीबाट राजीनामा दिए । शायद गल्तीबोध गरेर माफी माग्ने थोरै नेतामा यी पर्छन् ।

यी अनैतिक भनेर हटेपछि नैतिकताले भरिपूर्ण भानुभक्त ढकाललाई कानुनमन्त्री बनाएर यिनको ठाउँमा ल्याइएको थियो ।
मन्त्री बन्न योग्यता र अनुभव त चाहिने कुरो भएन नै । यी केही महिनापछि स्वास्थ्यमन्त्री बने । त्यसपछि यिनले कति नैतिकता प्रदर्शन गरे, सुशासनमा कति जोड़ दिए र कतिवटा गल्तीमा विनम्रतापूर्वक माफी मागे भन्ने त सबैलाई थाहा नै छ । तामाङ्सँग त नैतिकताको नाममा राजीनामा मागियो, किनकि नैतिकता प्रदर्शन गर्ने ठेक्का उनको मात्रै थियो ।

अहिले त राष्ट्रपतिसम्मैं नैतिकताको प्रश्न उठेको छ । त्यो पनि यति संवेदनशील र सङ्कटको समयमा यस्तो घृणित खेलमा राज्यकोष र शक्तिको दुरुपयोग भएको छ । तर, न कसैले माफी माग्छ, न कसैले राजीनामा माग्छ । यहाँसम्म कि राज्यकोषबाट तलब खाने प्रतिपक्ष पनि लाचार छायाँ जस्तो देखिन्छ । देशका मुख्य संवैधानिक अङ्गहरूको मर्यादा र सम्मान नै घट्ने गरी खेलिएको काइते खेल र लिच्चड़ खेलाड़ीहरू देखेर आम जनता आफ्नो अचम्म परेको होला तर बादशाहका सल्लाहकारहरू चाहिँ ‘उहाँसँग आँखा जुधाएर उभिन सक्ने अर्को नेता नेपालमा छैन’ भन्ने हदसम्मको स्तुतिगानमा मग्न छन् । बरू कुनै बेला प्रचण्डले सेनापति बदल्ने निर्णय फिर्ता लिनु परेपछि नैतिकता देखाउँदै राजीनामा दिएका थिए ।

शेरबहादुर तामाङको मनले के सोच्दै होला यो बेला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना मेयरलाई यसरी शानसँग उभिएको हेरेर खुसी बनौं !

नारायण गाउँले । चुनावमा उठ्नुअघि धेरैले बालेन साहलाई चिनेका थिएनन् ! उठे नै

शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ

जेपी गुप्ता । ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको

ओलीले किन बनाउँदैछन् रविलाई ‘मानवढाल’ ?

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले झापाको गिरिबन्धु टी–स्टेटको जग्गासम्बन्धी विवादमा गरेको फैसलाको

पुरुषभन्दा महिलाको आयु बढी भएको देख्दा अर्को अचम्म लाग्ने विषय खुलेको छ

डा. दीपेन्द्र रोकाया । राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८१ वैशाख २३ गते सार्वजनिक गरेको