बिहीबारदेखि काठमाडौंमा ‘दुई व्यक्ति मैत्रिकला प्रदर्शनी’ हुने



काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी सङ्घले आगामी बिहीबार काठमाडौमा कलाकारद्वय धर्मराज शाक्य (नेपाली) र झेन झोन्गी(चीन) को ‘दुई व्यक्ति मैत्रिकला प्रदर्शनी’ गर्ने भएको छ ।

संघले मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गरी प्रदर्शनीबारे जानकारी गराएको हो । नेपाली कला, संस्कृति तथा नेपाली उत्पादनको विकास, निर्यात प्रवद्र्धन र बजारीकरणका लागि विभिन्न अन्तर्राष्ट्रिय स्तरका मेलाहरु आयोजना गर्दै आएको संघले विहीबारदेखि काठमाडौको बबरमहलस्थित नेपाल कला परिषद्मा कला प्रदर्शनी आयोजना गर्न लागेको हो ।

पत्रकार सम्मेलनमा प्रदर्शनीका संयोजक तथा संघका महासचिव शान्तकुमार श्रेष्ठले नेपाल–चीन दौत्य सम्बन्धको ६५ वर्ष पुगेको सन्दर्भमा नेपाल कला परिषद्मा दुई देशका कलाकारहरुको मैत्रीकला प्रदर्शनी गर्न लागेको जानकारी दिए ।

प्रदर्शनी पाँच दिनसम्म चल्नेछ । प्रर्दशनीमा २२ वटा गणेशका चित्रका साथै १० वटा नेपाली मुर्ति र कलाकार झेन झोन्गी(चीन)का ३० वटा चित्र प्रदर्शनी राखिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वर्ष २०८० : ‘प्रदर्शक र निर्मातालाई बराबरी शेयर’

    काठमाडौँ ।  शनिबारदेखि नयाँ वर्ष २०८१ सुरु हुँदैछ । यस वर्षको

चित्रकलामार्फत काठमाडौँमा झल्कियो खोटाङ

काठमाडौँ । काभ्रेपलाञ्चाककी रोजिना तामाङ खोटाङ पुग्न पाएकी छैनन् । तर उनले सोमबारदेखि

एकै थलोमा अग्रज र अनुज कलाकार

अन्नपूर्ण (कास्की) । पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’ क्यानभासमा

रविन्द्रको कलात्मक ‘डुङ्गा चियाघर’

नारायण ढुंगाना, काठमाडौँ । अग्ला रुखले घामको तातो राप रोक्दै शीतलता दिने कोशिस