डिजिटल अर्थव्यवस्थालाई बढावा दिने बेइजिङको प्रयास जारी



बेइजिङको डिजिटल अर्थतन्त्रको थप मूल्य सन् २०२३ को पहिलो छ महिनामा ९१८.०५ अर्ब युआन (करिब १२७.५ अर्ब अमेरिकी डलर) पुगेको छ । यो बेइजिङ शहरको कुल गार्हस्थ्य उत्पादनको ४४.५ प्रतिशत हो ।

बेइजिङ नगर अर्थशास्त्र तथा सूचना तथा प्रबिधिका उपप्रमुख वाङ लेईले डिजिटल अर्थव्यवस्था बेइजिङमा सबैभन्दा गतिशील नयाँ विकास चालक र उच्च गुणस्तरको विकासको लागि नयाँ इन्जिन बनेको बताए ।

वाङले भने, “बेइजिङले डिजिटल अर्थव्यवस्थाको विकासलाई बढावा दिन नीति र नियमहरूको एक श्रृङ्खला लागू गरी कार्यान्वयनमा ल्याएको छ ।

सन् २०२२ मा चीनको डिजिटल अर्थतन्त्रको मापन बढेर ५०.२ ट्रिलियन युआन पुगेको छ । देशको कूल गार्हस्थ्य उत्पादनमा डिजिटल अर्थव्यवस्थाको हिस्सा ४१.५ प्रतिशत पुगेको छ, जसले यसलाई स्थिर वृद्धि र रूपान्तरणको लागि एक महत्वपूर्ण आधार बनाएको छ ।

हाल, संसारभर देशहरूले डिजिटल अर्थव्यवस्थाका प्रमुख क्षेत्रहरूको विकासलाई तीव्रता दिइरहेका छन् र डिजिटल प्रबिधि र उद्योगहरू, औद्योगिक ‘डिजिटलाइजेसन’ र तथ्याङ्कीय क्षेत्रहरूमा सक्रिय रूपमा विकासका अवसरहरूलाई कब्जा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तरी गाजामा पाँच इजरायली सैनिकको मृत्यु

  इजराइली सेनाले  उत्तरी गाजा पट्टीमा पाँच जना सैनिक मारिएका बताएको छ ।

गोली प्रहारबाट घाइते स्लोभाकका प्रधानमन्त्रीको अवस्था ‘चिन्ताजनक’

  स्लोभाक प्रधानमन्त्री रोबर्ट फिकोको अवस्था स्थिर तर अहिले पनि ‘अत्यन्त चिन्ताजनक’ रहेको

तोसिबाले जापानमा चार हजार रोजगारी कटौती गर्ने

  समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले बिहीबार पुनरसंरचना कार्यक्रमको हिस्साका रूपमा आन्तरिकरूपमा चार

सी र पुटिनद्वारा अराजक संसारमा सम्बन्धलाई ‘स्थिरता दिने’ शक्तिका रूपमा प्रशंसा

  नेताहरू सी जिनपिङ र भ्लादिमिर पुटिनले बिहीबार बेइजिङमा भएको भेटमा अराजक संसारमा