फ्रान्समा चक्कु प्रहारबाट चार प्रहरीको मृत्यु



फ्रान्सको राजधानी प्यारिसमा चक्कु बोकेका एक पुरुषले केन्द्रीय प्रहरी मुख्यालयबाहिर चारजना अधिकारीको हत्या गरिदिएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्।

आक्रमणकारी पनि मुख्यालयकै कर्मचारी रहेको र उनलाई प्रहरीले गोली हानी मारिदिएको बताइएको छ। प्यारिसको केन्द्रमा रहेको इल द ला सिटे नामक क्षेत्रलाई अहिले सुरक्षा घेराबन्दी गरिएको छ।

स्थानीय समय अनुसार बिहीवार दिउँसो १ बजे प्रहरी भवनको चोकमा हमला भएको थियो। फ्रान्सका प्रहरीले देशभरि अधिकारीहरूमाथि हिंसा बढिरहेको र फौजभित्र आत्महत्याको घटना बढिरहेको भन्दै हडताल गरेको एकदिन पछि यो घटना भएको छ।

फ्रान्सका प्रधानमन्त्री तथा आन्तरिक मामिलासम्बन्धी मन्त्री घटनास्थलको अवलोकन गरेका छन्। प्यारिसकी मेयरले घटनामा कैयौँ मानिस मारिएको ट्विटरमार्फत्‌ पुष्टि गरेकी छन्।

आक्रमण पर्यटकहरू जाने प्रसिद्ध नोट्र डाम कथिड्रलनजिकै भएको हो। प्रहरी युनियनका अधिकारीहरूका अनुसार ती हमलाकारी मुख्यालयभित्र प्रशासनमा काम गर्थे।

आक्रमणकारीको नाम खुलाइएको छैन। आक्रमणकारीले चक्कु प्रहार गर्नु पछाडिको उद्देश्य पनि थाहा हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रूस–युक्रेन युद्धबन्दी साटासाट हुने ट्रम्पको घोषणा

किएभ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेन र रूसबीच युद्धबन्दीहरूको

गाजामा इजरायली हमलामा १६ जनाको मृत्यु

गाजा सिटी । गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार इजरायली आक्रमणमा १६ जनाको मृत्यु

बेलायती प्रसिद्ध पत्रिका ‘द टेलिग्राफ’ अमेरिकी स्वामित्वमा लैजाने सहमति

लन्डन । अमेरिकी लगानी समूह ‘रेडबर्ड क्यापिटल पार्टनर्स’ले प्रसिद्ध बेलायती पत्रिका ‘द टेलिग्राफ’लाई

जापानमा चामलको मूल्यमा उच्च वृद्धि

टोकियो । जापानको मुख्य मुद्रास्फीति दर अप्रिलमा बढेर ३.५ प्रतिशत पुगेको छ। मुद्रा स्फीतिका