ब्रिटेनद्वारा युरोपेली सङ्घ छाड्ने विषयमा नयाँ प्रस्ताव सार्वजनिक



ब्रिटेनले यसै महिनाको अन्त्यमा युरोपेली सङ्घ छाड्नेसम्बन्धी नयाँ प्रस्ताव सार्वजनिक गरिएको छ।

विवादित मानिएको एउटा मुद्दामा ब्रिटेनले उत्तरी आयरल्यान्डलाई युरोपेली एकल बजारकै हिस्सामा रहने गरी तर भन्सार युनियन त्याग्ने गरी प्रस्ताव गरिएको छ।

यसअघि प्रधानमन्त्री बोरिस जोनसनले आफूले ब्रेक्जिट सहमतिसम्बन्धी “रचनात्मक तथा यथोचित” प्रस्ताव ब्रसल्समा पठाएको बताएका थिए।

उनले त्यो प्रस्ताव स्वीकार्नुको विकल्प भनेको सहमतिविहीन ब्रेक्जिट मात्र हुने चेतावनी दिएका थिए।

आफ्नो पार्टी कन्जरभेटिभको एउटा सम्मेलनलाई सम्बोधन गर्दै उनले यूकेले युरोपेली सङ्घसँग नयाँ सम्बन्ध चाहेको बताए। युरोपेली आयोगले प्रस्ताव अध्ययन गरेपछि केही समयमा प्रतिक्रिया दिने जनाएको छ।

म्यानचेस्टरमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले आफ्नो पछिल्लो प्रस्तावले यूकेले गरेको सम्झौता दर्शाउने बताए।

साथै उनले यसलाई ईयूले बुझ्ने र त्यसैअनुरूप उसले पनि सम्झौता गर्ने आशा व्यक्त गरे।

युरोपेली आयोगले उक्त प्रस्तावलाई वस्तुपरक ढङ्गले परीक्षण गर्ने बताएको छ। यूकेले ३१ अक्टोबरमा ईयू छाड्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश

वासिङ्टन ।  राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई संयुक्त राज्य अमेरिकामा लगभग १२ हजार शरणार्थीलाई

ट्रम्पको भन्सार नीति अमेरिकामा अभावको कारण बन्न सक्ने पूर्व उपराष्ट्रपति पेन्सको चेतावनी

वासिङ्टन । अमेरिकाका पूर्व उपराष्ट्रपति माइक पेन्सले ट्रम्प प्रशासनको भन्सार नीतिको आलोचना गर्दै

संयुक्त राष्ट्रसङ्घद्वारा विकासमा ‘अस्थिर’ मन्दीको चेतावनी

संयुक्त राष्ट्रसङ्घ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय सहायतामा नाटकीय रूपमा कटौती गर्नुभन्दा

युक्रेनद्वारा मस्कोलाई लक्षित गर्दै रातभर ड्रोन आक्रमण

किएभ । युक्रेनले लगातार दोस्रो रात मस्कोलाई लक्षित गर्दै रातभर ड्रोन आक्रमण गरेको