ठूलो सङ्ख्यामा साउदी सैनिकलाई नियन्त्रणमा लिइएको यमनका हूथी विद्रोहीको दाबी



हूथी विद्रोहीहरूले यमन र साउदी अरबको सीमानजिकै गरिएको एउटा आक्रमणमा ठूलो सङ्ख्यामा साउदी सैनिकहरूलाई नियन्त्रणमा लिइएको दाबी गरेका छन्।

हूथी समूहका एक प्रवक्ताले बीबीसीलाई साउदी अरबका तीनवटा टुकडीले साउदी सहर नज्रानमा आत्मसमर्पण गरेको बताएका छन्।

उनका अनुसार हजारौँ साउदी सैनिकलाई नियन्त्रणमा लिइएको छ भने धेरैको मृत्यु भएको छ। साउदी पक्षले त्यस दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन।

यमनमा सङ्घर्ष सुरु भएपछि साउदी सेनाविरुद्ध गरिएका सैन्य कारबाहीमध्ये नज्रानको घटना सबैभन्दा ठूलो भएको ती प्रवक्ताले बताए।

कर्नेल याहिया सारियाका अनुसार साउदी फौजले ठूलो मानवीय र भौतिक क्षति बेहोरेको छ। नियन्त्रणमा लिइएका सबैलाई हूथी विद्रोहीले सञ्चालन गरेको एउटा टेलिभिजनमा आइतवार देखाइने उनले बताए।

गत सेप्टेम्बर १४ मा साउदी अरबका तेल खानी र प्रशोधन केन्द्रमा आफूले ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको हूथी विद्रोहीहरूले दाबी गरेका छन्। उनीहरूलाई इरानको समर्थन छ।

साउदी तेल केन्द्रहरूमा आक्रमण भएपछि साउदी अरबले तेल उत्पादनमा कटौती गरेको थियो। त्यसबाट विश्वभरि तेलको मूल्य प्रभावित भएको थियो।

अमेरिका, यूके, फ्रान्स र जर्मनीको समर्थन पाएको साउदी अरबले ती आक्रमणहरू इरानले गराएको आरोप लगाएको छ। तर इरानले आफू ती घटनामा संलग्न नभएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरानी परराष्ट्रमन्त्री

तेहरान । इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले ‘युरेनियम प्रशोधन इरानको अधिकार हो र यसबारे

इजरायलले गाजामा कुनै मानवीय सहायता प्रवेश गर्न नदिने

जेरुसेलम। इजरायलका रक्षामन्त्री इजरायल काट्जले देशले युद्धग्रस्त गाजा पट्टीमा प्रवेश गर्नबाट मानवीय सहायता

डब्ल्यूएचओका सदस्य राष्ट्रहरूद्वारा भविष्यका महामारीको सुंयक्त सामना गर्ने सम्झौता

जेनेभा  । कोभिड–१९ सङ्कटको समयमा गरिएका गल्तीहरू नदोहोर्‍याई भविष्यका महामारीहरूलाई सम्बोधन गर्ने उद्देश्यले

चिनियाँ राष्ट्रपति सी र मलेसियाली नेताबीच भेटवार्ता

क्वालालम्पुर। चिनियाँ राष्ट्रपति सी चिनफिङले मलेसियाका राजासँग बुधबार भेटवार्ता गरेका छन्। सी को उद्देश्य