चन्द्रयान-२ को ल्यान्डर ‘विक्रम’ निश्चित गरिएको स्थानमा नरहेको पुष्टि



अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले जारी गरेको चन्द्रमाको सतहको तस्बिरबाट भारतको चन्द्रयान-२ को ल्यान्डर ‘विक्रम’ निश्चित गरिएको स्थानमा नरहेको पुष्टि भएको छ। यो कम प्रकाशमा खिचिएको तस्बिर हो। आगामी महिना नासाले फेरि तस्बिर खिच्नेछ।

तर भारतीय अन्तरिक्ष अनुसन्धान संस्था आइएसआरओले चन्द्रयान २ लाई असफल भन्न नसकिने बताएको छ। आइएसआरओका अध्यक्ष डा. के सिवनले भने झैँ आइएसआरओले लक्ष्य ९८ प्रतिशत सफल रहेको दोहोर्‍याइएको छ।

अहिलेसम्म ल्याण्डर विक्रम कहाँ छ भन्ने पत्तो छैन तर पनि आइएसआरओले “मिशन ९८ प्रतिशत सफल” भन्ने दाबी गर्नुले के जनाउँछ?

बीबीसी हिन्दीलाई एक वैज्ञानिकले आफ्नो नाम नखुलाउने शर्तमा भने- वैज्ञानिक मिशनको सफलता तपाईँलाई के हासिल भयो भन्नेमा नापिन्छ।

आइएसआरओका वैज्ञानिकले भने, “हामीले प्रक्षेपण सटिक गरेका थियौँ। अर्बिटरले हामीले अनुमान लगाएकै अनुसार काम गर्‍यो – र त्यो नै यसको सफलताको मुख्य भाग हो। र चन्द्रमामा अवतरण गर्नुपर्ने ल्यान्डरले पनि तीन चरण सफलतापूर्वक पार गर्‍यो तर अन्तिम चरणमा उसले हामीले चाहेको जस्तो काम गरेन।”

“हामी अर्बिटरबाट जे डाटा पाउने वाला छौं त्यो खासमा दुई तीन मिशनबाट मात्र हासिल हुन सक्छ। अर्बिटरको जीवन एकदेखि सात वर्षको हुन्छ किनकि उसको इन्धन अहिलेसम्म खर्च भएको छैन। यो मामिलामा हामी सौभाग्यशाली छौँ। ”

आन्ध्र प्रदेशस्थित श्रीहरिकोटा प्रक्षेपण स्थलबाट सेप्टेम्बर ७ का दिन चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्न चन्द्रयान २ मिशन प्रक्षेपण गरिएको थियो। सबै कुरा समय अनुसार ठीक ठीक चलिरहेको थियो । अर्बिटरबाट ल्यान्डर छुट्टिएपछि पनि ठीकै काम भइरहेको थियो।

तर चन्द्रमामा अवतरण गर्नु २.१ किलोमिटर पहिले नै ल्यान्डरसँग सम्पर्क विच्छेद भयो। नासाले भनेको छ- ल्यान्डर खासमा कहाँ अवतरण गर्‍यो भन्नेबारे अझ पनि पत्ता लाग्न बाँकी छ। “फेरि अक्टोबर महिनामा उपयुक्त प्रकाश भएका बेला थुप्रै तस्बिरहरू खिचिनेछ।”

यदि दुई ठुल्ठूला खाडलबीच निश्चित गरिएको ठाउँमा ल्यान्डर अवतरण गरेको भए त्यसको प्रज्ञान रोवर चन्द्रमाको सतहमा जान्थ्यो र त्यहाँको माटोको नमूना सङ्कलन गर्थ्यो। यसको लक्ष्य दक्षिणी ध्रुवमा पानी र खनिजको उपलब्धताबारे पत्ता लगाउनु थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरानी परराष्ट्रमन्त्री

तेहरान । इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले ‘युरेनियम प्रशोधन इरानको अधिकार हो र यसबारे

इजरायलले गाजामा कुनै मानवीय सहायता प्रवेश गर्न नदिने

जेरुसेलम। इजरायलका रक्षामन्त्री इजरायल काट्जले देशले युद्धग्रस्त गाजा पट्टीमा प्रवेश गर्नबाट मानवीय सहायता

डब्ल्यूएचओका सदस्य राष्ट्रहरूद्वारा भविष्यका महामारीको सुंयक्त सामना गर्ने सम्झौता

जेनेभा  । कोभिड–१९ सङ्कटको समयमा गरिएका गल्तीहरू नदोहोर्‍याई भविष्यका महामारीहरूलाई सम्बोधन गर्ने उद्देश्यले

चिनियाँ राष्ट्रपति सी र मलेसियाली नेताबीच भेटवार्ता

क्वालालम्पुर। चिनियाँ राष्ट्रपति सी चिनफिङले मलेसियाका राजासँग बुधबार भेटवार्ता गरेका छन्। सी को उद्देश्य