ट्रम्प र युक्रेनी राष्ट्रपतिबीच भएको टेलिफोन कुराकानीको विवरण ह्वाइट हाउसद्वारा लुकाउने प्रयास



ह्वाइट हाउसका वरिष्ठ अधिकारीले राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपतिबीच भएको टेलिफोन कुराकानीको विस्तृत विवरण लुकाउने प्रयास गरेको आरोप लागेको छ।

अमेरिकी राष्ट्रपतिविरूद्ध दिइएको उजुरीमा उक्त कुरा उल्लेख छ। जसअनुसार ट्रम्पले आफ्ना युक्रेनी समकक्षीलाई आफ्ना घरेलु राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध अनुसन्धान गर्न दबाव दिएका थिए।

सार्वजनिक गरिएको पछिल्लो उजुरीमा भनिएको छ, फोन संवादको प्रतिलिपि नियमित कम्प्युटर प्रणालीमा राखिएको थिएन।

त्यसको साटो विशेष प्रकारको सूचनाको निम्ति प्रयोग हुने अलग्गै कम्प्युटर प्रणालीमा त्यो राखिएको उजुरीमा उल्लेख छ।

अमेरिकी तल्लो सदनकी डेमोक्र्याट सभामुख न्यान्सी पेलोसीले रिपब्लिकन राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोगको औपचारिक अनुसन्धान पार्टीले अघि बढाएको घोषणा मङ्गलवार गरेकी थिइन्।

उनले ट्रम्पमाथि जो बाइडनको छवि धमिल्याउन विदेशी सहयोग खोजेको आरोप लगाएकी छन्। बाइडन सन् २०२० मा हुन लागेको राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार बन्ने दौडको अग्रपङ्क्तिमा छन्।

ट्रम्पले त्यसो गराउन युक्रेनलाई अमेरिकाले दिने सैन्य सहायतालाई अस्त्र बनाएको पेलोसीको आरोप छ। ट्रम्पले युक्रेनका राष्ट्रपतिसँग फोनमा कुरा गर्नुअघि सैन्य सहायता आफूले रोकेको स्वीकार गरेका छन्।

तर बाइडनविरुद्धको अनुसन्धानको निम्ति युक्रनलाई दबाव दिन त्यसो नगरेको उनको भनाइ छ।

अमेरिकी तल्लो सदनका सदस्यहरूले त्यो उजुरी हप्तौसम्म आफूहरूसम्म पुग्न नदिनुको कारणबारे देशका सबैभन्दा उच्च गुप्तचर अधिकारीसँग सोधेपुछ गरेका छन्।

न्याश्नल इन्टेलिजेन्सका कार्यवाहक निर्देशक जोजेफ मग्वाएरले समितिसमक्ष भने, राष्ट्रपतिविरुद्धको उजुरी भए पनि कानुनअनुसार मैले सबभन्दा पहिले ह्वाइट हाउसलाई जानकारी गराउनुपर्छ।

उनले संसद्को गुप्तचरसम्बन्धी समितिलाई आफूले उजुरीकर्ता ‘राजनीतिक परिबन्धको शिकार’ भएको भन्ने ट्रम्पको टिप्पणी आफूले शेयर नगरेको बताए।

अधिकारीहरूले सदिच्छापूर्वक कदम उठाएको र उचित काम गरेको उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरानी परराष्ट्रमन्त्री

तेहरान । इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले ‘युरेनियम प्रशोधन इरानको अधिकार हो र यसबारे

इजरायलले गाजामा कुनै मानवीय सहायता प्रवेश गर्न नदिने

जेरुसेलम। इजरायलका रक्षामन्त्री इजरायल काट्जले देशले युद्धग्रस्त गाजा पट्टीमा प्रवेश गर्नबाट मानवीय सहायता

डब्ल्यूएचओका सदस्य राष्ट्रहरूद्वारा भविष्यका महामारीको सुंयक्त सामना गर्ने सम्झौता

जेनेभा  । कोभिड–१९ सङ्कटको समयमा गरिएका गल्तीहरू नदोहोर्‍याई भविष्यका महामारीहरूलाई सम्बोधन गर्ने उद्देश्यले

चिनियाँ राष्ट्रपति सी र मलेसियाली नेताबीच भेटवार्ता

क्वालालम्पुर। चिनियाँ राष्ट्रपति सी चिनफिङले मलेसियाका राजासँग बुधबार भेटवार्ता गरेका छन्। सी को उद्देश्य