इरानविरुद्ध सैन्य कारबाही र अरू सबै विकल्प खुला रहेको साउदी अरबको चेतावनी



आफ्नो तेल प्रशोधन उद्योगमा केही हप्ताअघि आक्रमण भएपछि साउदी अरबले त्यसको जबाफ दिन आफूसँग सैनिक कारबाहीसहित अन्य सबै विकल्प भएको चेतावनी दिएको छ।

तर सबै पक्षले युद्ध टार्न खोजिरहेको साउदी विदेश मन्त्रालयका एक प्रवक्ता अदेल अल जुबैरले बीबीसीलाई बताए।

साउदी अरबले कस्तो कदम चाल्ने भनेर निर्णय लिनुअघि विस्तृत अनुसन्धानको परिणामलाई कुर्ने उनले बताए। तर इरानलाई उत्तरदायी बनाइनुपर्ने उनको भनाइ थियो।

अमेरिका र साउदी अरबले ती आक्रमणका घटनामा इरानको संलग्नता भएको आरोप लगाउने गरेका छन्। तर इरानले आफूले ती आक्रमण नगरेको दाबी गरेको छ।

न्यूयोर्कमा राष्ट्रसङ्घको महासभामा बोल्दै इरानी राष्ट्रपति हसन रूहानीले असमझदारीले भीषण युद्ध गराउन सक्ने चेतावनी दिएका छन्।

यसअघि फ्रान्स, जर्मनी र ब्रिटेनका नेताहरूले साउदी तेल प्रशोधन केन्द्रमा भएका आक्रमणहरूमा इरानको हात रहेको बताएका थिए।

उनीहरूले साउदी अरबको आधा तेल उत्पादन प्रभावित हुनेगरी भएका आक्रमणमा इरानको संलग्नताबाहेक अरू विश्वसनीय आधार नदेखिएको धारणा राखेका थिए।

उनीहरूले आफू इरानसँग सन् २०१५ मा भएको परमाणु कार्यक्रमसम्बन्धी सम्झौता कार्यान्वयनका लागि भने प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

तर इरानी विदेशमन्त्रीले ती युरोपेली देशहरूले “अमेरिकाको निरर्थक दाबीलाई दोहोर्‍याइरहेको” प्रतिक्रिया व्यक्त गरेका थिए।

यमनमा रहेका इरानलाई समर्थन गर्ने हूथी विद्रोहीहरूले सेप्टेम्बर १३ मा भएका आक्रमणको आफूले गरेको दाबी गरेका छन्। ती आक्रमणमा १८ वटा ड्रोन र सात वटा क्रूज क्षेप्यास्त्र साउदी तेल केन्द्रहरूलाई लक्षित गर्दै प्रहार भएका थिए।

ट्रम्प प्रशासनले तेहरानविरुद्ध कडा रूपमा प्रस्तुत हुनुपर्ने र कुनै पनि समझदारी गर्दा उसले आफ्नो क्षेप्यास्त्र कार्यक्रम अघि बढाउन नसकिने सुनिश्चित गरिनुपर्ने धारणा राख्ने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युद्धले छोडेको सुडानी जनताको कहालीलाग्दो कथा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले युद्धग्रस्त सुडानमा मानवीय अवस्था दिनप्रतिदिन बिग्रँदै गएको चेतावनी

यूएईमा अत्यधिक गर्मीः मे महिनामा ५०.४ डिग्रीको नयाँ कीर्तिमान

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) ले शुक्रबार देशमा अहिलेसम्मकै मे महिनामा सबैभन्दा

वैश्विक व्यापार तनावबीच इन्डोनेसियामा विद्युतीय सवारीसाधन क्षेत्रमा तीव्र लगानी

जकार्ता । संयुक्त राज्य अमेरिकाले लागू गरेका भन्सार नीतिका कारण विश्वभरिका थुप्रै उदाउँदा

रूस–युक्रेन युद्धबन्दी साटासाट हुने ट्रम्पको घोषणा

किएभ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेन र रूसबीच युद्धबन्दीहरूको