जलवायु सम्मेलनमा विश्वका प्रमुख नेता अनुपस्थित



संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले न्यूयोर्कमा आयोजना गरेको एउटा महत्त्वपूर्ण जलवायु सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सहितका कतिपय प्रमुख विश्वनेताले सहभागिता जनाएका छैनन्।

गुटेरसले चाहिँ नेताहरूबाट कार्बन डाइअक्साइड उत्सर्जन घटाउने नयाँ र महत्त्वाकाङ्क्षी योजनाहरू आशा गरेको बताएका छन्।

स्विडिस वातावरण अभियानकर्मी ग्रेट टुनबेर्ग सहित थुप्रै युवा अभियानकर्मीहरूले सम्मेलनमा सम्बोधन गर्नेछन्।

सम्मेलनको एक दिनअघि वैज्ञानिकहरूले विश्वव्यापी तापमानको सङ्केत र प्रभावहरू बढिरहेको भन्दै चेतावनी दिएका थिए।

राष्ट्रसंघीय जलवायु निकायका अनुसार सन् २०१५ देखि २०१९ बीचमा वायुमण्डलमा उत्सर्जन भएको कार्बन डाइअक्साइडको मात्रा पछिल्लो पाँच वर्षको तुलनामा २० प्रतिशतले वृद्धि भएको छ।

ब्रिटेनको युनिभर्सिटी अफ रिडिङ्‍का जलवायु सम्बन्धी प्राध्यापक ब्रिअन होस्किङ्स भन्छन्- “स्कुले बालबालिकाबाट आइरहेको यो चर्को आवाजलाई हामीले सुन्नुपर्छ। यो आपत्कालीन अवस्था हो।”

गुटेरसले आउँदो दशकमा नाटकीय ढङ्गबाट उत्सर्जन कम गर्ने र सन् २०५० सम्ममा कार्बनको उत्सर्जन दरलाई सुरक्षित तहमा राख्ने योजनाहरू आशा गरेको र ती सोमवारको सम्मेलनमा सार्वजनिक हुने बताए।

उनले सन् २०२० पछि विश्व फोसिल इन्धन छाड्दै जाने र कोइलाले इन्धन दिने उर्जा केन्द्रहरू बन्द होउन् भन्ने आफूले चाहेको बताए।

अर्को वर्ष जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय वार्ता हुने परिप्रेक्ष्यमा यो विशेष बैठकको आयोजना हुन लागेको हो।

ब्रिटिश प्रधानमन्त्री बोरिस जनसन, फ्रेन्च राष्ट्रपति एम्यानुअल माँक्रोसहित ६० नेताहरूले मञ्चमा उभिएर आफ्ना प्रतिबद्धताहरू व्यक्त गर्नेछन्।

तर कोइलाबारेको संवेदनशील विषयमा अर्थ राख्ने जापान र अस्ट्रेलियाका नेताहरू भने सम्मेलनमा सहभागी हुने छैनन्।

अमेरिका, ब्राजिल र साउदी अरेबिया समेत सम्मेलनमा बोल्ने छैन। तर चीन र भारत कोइला क्षमताको नेतृत्व गर्ने नयाँ शक्तिराष्ट्र भए पनि उनीहरूलाई मञ्च दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेन सङ्कटको वार्ताका लागि खुला रहेको पुटिनको भनाइ

  युक्रेन सङ्कटको राजनीतिक समाधानार्थ वार्ताका लागि चीनको प्रयासबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले

‘बोइङ स्टारलाइनर’ को प्रक्षेपणमा ढिलाइ

  नासा र बोइङले अब अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा स्टारलाइनर अन्तरिक्ष यानको पहिलो चालक

क्रुज जहाजमार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति

चीनले समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसा–मुक्त

थाईल्यान्डमा हिरासतमा अनसनरत एक अभियानकर्मीको निधन

बीबीसी । राजसंस्थाको अपमान गरेको अभियोग लागेकी थाईल्यान्डकी एक अभियानकर्मीको अनसनका क्रममा हिरासतमा