अस्ट्रेलियाको टीभीमा रजस्वला हुँदाको रगत देखाउने विज्ञापन नियमसम्मत भएको ठहर



रजस्वला हुँदा आएको रगत भएको दृश्य समाविष्ट विज्ञापन नियमसम्मत रहेको र त्यसले प्रसारणको मापदण्ड उल्लङ्घन नगरेको निष्कर्ष अस्ट्रेलियाको टेलिभिजन नियमनकारी निकायले निकालेको छ।

महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याड उत्पादन गर्ने कम्पनी लिब्राले गत महिना उक्त विज्ञापन अस्ट्रेलियाली टेलिभिजनमा प्रसारण गरेको थियो। विज्ञापनमा रगत लागेको कट्टु र एउटी महिलाका खुट्टा देखाइएको थियो।

दर्शकहरूले उक्त विज्ञापन अनुपयुक्त रहेको भन्दै ६०० वटा उजुरी गरेका थिए। अस्ट्रेलियामा यो वर्ष कुनै विज्ञापनविरुद्ध परेको उजुरीको यो सर्वाधिक सङ्ख्या हो।

तर त्यहाँको विज्ञापन उद्योग नियमन गर्ने निकायले ती उजुरी खारेज गर्दै विज्ञापनले दिन खोजेको सन्देशको प्रशंसा गरेको छ।

एड स्ट्यान्डर्ड्सले उक्त अभियानले “समानतालाई प्रवर्धन गरेको र महिनावारीसँग जोडिएका भ्रमलाई चिरिरहेको” देखिएको बताएको छ।

लिब्राको माउ कम्पनी एसेलियो केअरले महिनावारी हुँदा महिला तथा किशोरीहरूले खेप्ने गरेको लज्जाको अनुभूति र गलत विश्वासलाई उक्त विज्ञापनले सम्बोधन गरेको प्रतिक्रिया दिएको छ।

उक्त विज्ञापनमा यी वाक्य पनि लेखिएका थिए: “महिनावारी सामान्य कुरा हो। महिनावारी भएको देखाउनु पनि त्यस्तै हुनुपर्छ।”

तर उजुरीकर्ताहरूले विज्ञापनको प्रस्तुति “अपमानजनक र अनुपयुक्त” र “घिनलाग्दो” भएको तर्क गरेका थिए।

त्यसको उत्तरमा अस्ट्रेलियाको नियमनकारी निकायले केही दर्शकहरूले शरीरबाट महिनावारीको बेला निस्कने पदार्थ हेर्न नचाहेको तर उक्त विज्ञापनले आचारसंहितालाई नमिचेको जनाएको छ।

उक्त निकायले टीभी बढी हेरिने समयमा त्यस्तो विज्ञापन देखाइनु वा बालबालिकाका लागि उक्त विज्ञापन अनुपयुक्त भएको तर्कको खण्डन गरेको छ।

आफ्नो प्रतिवेदनमा नियामकहरूले उक्त विज्ञापनमा कुनै पनि नकारात्मक शब्द वा चित्र नरहेको उल्लेख गरेका छन्।

त्यो विज्ञापनले रजस्वला हुने विषयमा लज्जित हुनुपर्ने वा रजस्वला भएका महिलालाई अन्य व्यक्तिभन्दा कम आँक्ने आशयको सन्देश नदिएको पनि नियमनकारी निकायको निष्कर्ष छ।

एसेलिओ केअरले उक्त विज्ञापनको सम्बन्ध आफ्नो भगिनी कम्पनी एसीटीको #BloodNormal अभियानसँग भएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको रुसको दाबी

रुसको मस्कोस्थित रक्षामन्त्रालयले गएराति दक्षिणी क्षेत्रमा एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको दाबी

रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई

दक्षिण अफ्रिकाद्वारा गाजामा युद्धविरामको आदेश दिन अन्तर्राष्ट्रिय न्यायालयलाई आग्रह

  दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) समक्ष इजराइललाई प्यालेस्टिनीहरू विरुद्धको नरसंहारको आरोप लगाएको

उत्तरी गाजामा पाँच इजरायली सैनिकको मृत्यु

  इजराइली सेनाले  उत्तरी गाजा पट्टीमा पाँच जना सैनिक मारिएका बताएको छ ।