हङ्‌कङमा प्रदर्शनकारीमाथि गोली प्रहार



चीनले कम्युनिस्ट शासन स्थापना भएको ७० औँ वर्षगाँठको उत्सव मनाउँदै गर्दा हङ्‌कङमा भने प्रहरी र प्रदर्शनकारीबीच हिंस्रक झडप भएका छन्।पन्ध्रजना मानिसलाई अस्पताल लगिएको छ र कम्तीमा एकजना गम्भीर अवस्थामा छन्।

विवरणहरूमा जनाइए अनुसार एकजना प्रदर्शनकारीले प्रहरी अधिकारीलाई लट्ठीले प्रहार गरेपछि प्रहरीले उनको छातीमा गोली हानेको छ। छातीमा गोली लागेका १८ वर्षीय युवकका सहपाठीले बीबीसीलाई बताए अनुसार उनीहरूका शिक्षकले घटनाबारे जानकारी गराएका हुन्।

बेइजिङमा भव्य परेडसहित उत्सव मनाएपश्चात् हङ्‌कङमा यी घटना भएका हुन्। सडकमा प्रदर्शन गर्न रोकिएको भए पनि हङकङका प्रदर्शनकारीले बेइजिङको शासनको विरोध जनाउन आफूहरू उत्रिने वाचा गरेका थिए।

चीनका राष्ट्रपति सी जिनपिङले चीनको प्रगतिलाई दुनियाँको कुनै तागतले रोक्न नसक्ने बताएका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीले शासन गरेको ७० औँ वर्षगाँठको अवसरमा आयोजित समारोहलाई बेइजिङस्थित तियानआन्मेन चोकबाट सम्बोधन गर्दे उनले त्यसो भनेका हुन्।

माओत्सेतुङले लगाउने गरेको जस्तै पोशाक लगाएर उपस्थित राष्ट्रपति सी ले १५ हजार सेना तथा अत्याधुनिक सैन्य सामग्रीको प्रदर्शन गरिएको परेड अवलोकन गरेका थिए।

बेइजिङको कार्यक्रममा राष्ट्रपति सीको उपस्थितिमा वायुसेनाको विमानहरू उडाइएको थियो। रक्तपातपूर्ण गृहयुद्धमा कम्युनिस्ट शक्ति विजयी भएपछि सन् १९४९ अक्टोबर १ तारिखमा माओत्सेतुङले जनवादी गणतन्त्र चीन गठनको घोषणा गरेका थिए।

त्यसयता आधुनिक चीनले असाधारण गतिले विकास गरेको छ। सन् १९९७ देखि नै हङ्‌कङ चीनको अङ्ग भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते

खार्तुम । पश्चिमी सुडानको आवासीय छिमेक र विस्थापन शिविरहरूमा विद्रोही अर्धसैनिक र्यापिड सपोर्ट

अडानी बन्दरगाह परियोजना जारी रहने श्रीलङ्काको भनाइ

कोलम्बो ।  श्रीलङ्कामा भारतीय अडानी समूहको बन्दरगाह परियोजना यसका संस्थापकविरुद्ध अमेरिकी आरोप र

‘पुष्पा २ः द रूल’ को विशेष प्रदर्शन भागदौडा एक महिलाको मृत्युपछि अल्लु अर्जुन पक्राउ

नयाँदिल्ली । भारतीय अभिनेता अल्लु अर्जुनलाई शुक्रबार पक्राउ गरिएको छ । चलचित्रको विशेष

चिनियाँ विदेशमन्त्री वाङद्वारा सिरियाबारे संकटबारे चिन्ता व्यक्त

बेइजिङ । बेइजिङका उच्च कूटनीतिज्ञ वाङ यीले आफ्ना इजिप्टका समकक्षीसँग सिरियाको अवस्थाबारे चीनसँग