ठूलो सङ्ख्यामा साउदी सैनिकलाई नियन्त्रणमा लिइएको यमनका हूथी विद्रोहीको दाबी



हूथी विद्रोहीहरूले यमन र साउदी अरबको सीमानजिकै गरिएको एउटा आक्रमणमा ठूलो सङ्ख्यामा साउदी सैनिकहरूलाई नियन्त्रणमा लिइएको दाबी गरेका छन्।

हूथी समूहका एक प्रवक्ताले बीबीसीलाई साउदी अरबका तीनवटा टुकडीले साउदी सहर नज्रानमा आत्मसमर्पण गरेको बताएका छन्।

उनका अनुसार हजारौँ साउदी सैनिकलाई नियन्त्रणमा लिइएको छ भने धेरैको मृत्यु भएको छ। साउदी पक्षले त्यस दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन।

यमनमा सङ्घर्ष सुरु भएपछि साउदी सेनाविरुद्ध गरिएका सैन्य कारबाहीमध्ये नज्रानको घटना सबैभन्दा ठूलो भएको ती प्रवक्ताले बताए।

कर्नेल याहिया सारियाका अनुसार साउदी फौजले ठूलो मानवीय र भौतिक क्षति बेहोरेको छ। नियन्त्रणमा लिइएका सबैलाई हूथी विद्रोहीले सञ्चालन गरेको एउटा टेलिभिजनमा आइतवार देखाइने उनले बताए।

गत सेप्टेम्बर १४ मा साउदी अरबका तेल खानी र प्रशोधन केन्द्रमा आफूले ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको हूथी विद्रोहीहरूले दाबी गरेका छन्। उनीहरूलाई इरानको समर्थन छ।

साउदी तेल केन्द्रहरूमा आक्रमण भएपछि साउदी अरबले तेल उत्पादनमा कटौती गरेको थियो। त्यसबाट विश्वभरि तेलको मूल्य प्रभावित भएको थियो।

अमेरिका, यूके, फ्रान्स र जर्मनीको समर्थन पाएको साउदी अरबले ती आक्रमणहरू इरानले गराएको आरोप लगाएको छ। तर इरानले आफू ती घटनामा संलग्न नभएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत