एमनेष्टीले भन्यो -श्रम शोषण रोक्न कतार असफल



अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले कतारमा कामदारहरूमाथि निरन्तर रूपमा गलत व्यवहार जारी राखिएको जनाएको छ ।

सन् २०२२ को विश्वकप फुटबल आयोजक कतारले प्रतियोगिताअघि कामदारहरूको अधिकारमा सुधार गरिने प्रतिबद्धता जनाएको थियो । एमनेस्टीले आफ्नो एउटा नयाँ प्रतिवेदनमा कतारमा सयौँ कामदारहरूले बिनातलब काम गरिरहेको जनाएको छ ।

कामदारहरूको हितका लागि सघाउन भनेर स्थापना गरिएको नयाँ संयन्त्रले समेत उनीहरूको अधिकार सुरक्षित गर्न नसकेको उक्त संस्थाको भनाई छ । एमनेस्टीले कतार प्रशासनलाई श्रम शोषणको लाजमर्दो वास्तविकता अन्त्य गर्न आग्रह गरेको छ ।

सन् २०१७ नोभेम्बरमा अन्तर्राष्ट्रय श्रम सङ्गठनसँग एउटा सम्झौतामा हस्ताक्षर गरेपछि कतारले कामदारको अवस्था सुधार गर्न नयाँ कानुनहरू पारित गरेको थियो ।

कतारले सन् २०२२ मा हुने विश्वकप फुटबलको आयोजक भन्ने तय भएदेखि नै त्यहाँका कामदारहरूको अवस्थाबारे उसको आलोचना हुँदै आएको छ ।

एमनेस्टी इन्टरनेशनलका विश्व मामिलासम्बन्धी उपनिर्देशक स्टीभन कक्बर्नले भनेका छन् “सन् २०२२ को विश्वकपअघि सुधारहरू गर्ने महत्त्वपूर्ण प्रतिबद्धता व्यक्त गरे पनि कतार अनैतिक रोजगारदाताका लागि खेल मैदान भएको छ।“

आफ्नो पारिवारिक अवस्थामा सुधार गर्ने उद्देश्यले आप्रवासी कामदारहरू कतार जाने तर महिनौँपश्चात् एक पैसा नलिईकन घर फर्कने गरेको उपनिर्देशक कक्बर्नले बताए ।

त्यस्ता कामदारको सहायताका लागि स्थापना गरिएका संयन्त्रले पनि कामदारलाई सहायता गर्न असफल भएको एमनेस्टीको भनाइ छ । प्रतिवेदनमा सयौँ रोजगारदाताहरूले कतिपय कामदारलाई बिनातलब स्वदेश फर्काउने गरिएको उल्लेख छ ।

नयाँ कानुनअनुसार अस्थायी रूपमा न्यूनतम ज्यालाको व्यवस्था पनि गरिएको छ। त्यस्तै कामदारको बीमा र विवाद समाधान गर्ने संयन्त्रहरू पनि बनाइएको छ । एमनेस्टीको अध्ययन विश्वकपसँग सीधा सम्बन्ध नभएका कम्पनीहरूमाथि केन्द्रित रहेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले उक्त प्रतिवेदनमा प्रतिक्रिया जनाउँदै “विश्वकप कामदारको अधिकारलाई निकै गम्भीर रूपमा लिएको“ बताएको छ । फिफाले त्यसलाई आफ्नो मानव अधिकार नीतिसँग जोडेर हेरेको बताएको छ।

कतारले सन् २०२२ मा हुने विश्वकप फुटबलको आयोजक भन्ने तय भएदेखि नै त्यहाँका कामदारहरूको अवस्थाबारे उसको आलोचना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चर परीक्षणको  निरीक्षण

  उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेका

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु

भारतमा ६ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु भएको छ । प्रचण्ड

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न