हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धीका रूपमा नेपाली युवा वैज्ञानिकहरू लण्डन जाँदै



लण्डन । युवा विद्यार्थीको नोबेल पुरस्कारका रूपमा चिनिएको हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धामा भाग लिन नेपाली युवा वैज्ञानिकहरू लण्डन आउने भएका छन् । दश लाख अमेरिकी डलर रकमको उक्त पुरस्कारका लागि वैशाखमा पहिलो र दोस्रो चरणको छनोट प्रतियोगिता भइसकेको थियो ।

डल्ले च्याउ बनाउने मेसिन बनाएर प्रतिस्पर्धामा सहभागी भएका युवा वैज्ञानिकहरू शिशिर पन्त, प्रशान्त भट्ट, निर्देश भट्टराई र सोनी पोख्रेलको टोली अगस्ट ८ देखि सेप्टेम्बर १२ सम्म लण्डनमा हुन लागेको कार्यक्रमका लागि आउने तयारीमा छ । विश्वभरिबाट अन्तिम चरणका लागि पुगेका ६९ सहभागी हुने उक्त कार्यक्रममा नेपाली युवा वैज्ञानिक पनि सहभागी हुन लागेको चारमध्येका एक प्रतिस्पर्धी शिशिर पन्तले जानकारी दिए ।

लण्डनमा सहभागी हुन आउन खर्च लाग्ने दुखेसो गरेपछि गैरआवसीय नेपाली सङ्घका पदाधिकारीले व्यक्तिगतरूपमा र संस्थागतरूपमा सहयोग गर्न पहलका लागि गो फण्ड परोपकारी सञ्जालमार्फत रकम सङ्कलनको अभियान चलाइएको एक सामाजिक अभियानकर्मीले जानकारी दिए ।

बस्न र खानका लागि बेलायतमा रहेका नेपाली व्यवसायीले सहयोग गर्ने बताए पनि आउने जाने खर्चका लागिसमेत रकमको समस्या रहेको हुँदा उक्त सहयोग अभियान सञ्चालन गरिएको हो ।

घरेलु उद्योगका रूपमा विकास गर्न पनि सकिने र गृहिणीले आफ्नो बचेको समयमा यसैमा समय बिताए पैसा र पौष्टिक आहार दुवै हुने सोचका साथ विकास गरिएको मेसिनले कम खर्चमा डल्ले च्याउ उत्पादन गर्ने बताइएको छ ।

हाल व्यावसायिकरूपमा च्याउखेती गरिँदै आए पनि बढी खर्चिलो भएको हुँदा यो प्रविधिले थोरै रकमबाट पनि आर्थिक आयआर्जन गर्न सकिने र विदेशबाट आयात गरिने च्याउको मात्रामा समेत कमी आउने युवा वैज्ञानिकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यानडाका लागि नेपाली राजदूतद्वारा गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं ।  क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौँ । मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ

रोजगारीका लागि गैरकानुनी बाटोबाट किर्गीस्तान नजान दूतावासको आग्रह

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै

जनस्तरबाट नेपाल अमेरिका सम्बन्ध बढाउँदै पौडेल

वासिङ्टन डिसी । कोरोना महामारीले अमेरिकालाई सबैभन्दा बढी सताएका बेला डा पौडेल दम्पती