यस्तो छ शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय संचालन सम्बन्धी कार्यढाँचा(पूर्णपाठसहित)



काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम नभएका अथवा संक्रमण कम भएका स्थानीय तहमा विद्यालय संचालन गर्न पाउने गरी ‘विद्यालय संचालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि तयार गरी विद्यालय संचालन गर्ने निर्णय सम्बन्धित स्थानीय तहलाई दिनेगरी कार्यढाँचा सार्वजनिक गरेको हो । मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्थानीय तहले विद्यालयहरुलाई विभिन्न मोडालिटीमा संचालन गर्न सक्ने र जोखिम बढेमा त्यसको अवस्था हेरी विद्यालय बन्द गर्ने कुरालाई कार्यढाँचाले व्यवस्थित गरेको बताए ।

कार्यढाँचामा जोखिम नभएका स्थानहरुमा, जोखिम कम हुँदै गएका स्थानहरुमा स्थितिको समीक्षा गरेर स्थानीय तहले विद्यालयहरुलाई विभिन्न मोडालिटीमा संचालन गर्न सक्ने र जोखिम बढेमा त्यसको अवस्था हेरी विद्यालय बन्द गर्ने यी दुईवटै कुरालाई समेटिएको छ ।

कार्यढाँचामा विद्यालय संचालन सम्बन्धी कार्यढाँचाको अधिनमा रहेर निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ । सरकारले कोरोना कहरका कारण गत चैत ५ गतेदेखि देशभरका विद्यालय बन्द गरेको थियो । अनलाइनको माध्यमबाट अहिले पठनपाठन भइरहेपनि त्यो प्रभावकारी हुन सकेको छैन ।

विद्यालय संचालन सम्बन्धी कार्यढाँचा २०७७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्छ : प्रधानमन्त्री

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना

कक्षा १२ को परीक्षा देशभर शान्तिपूर्ण रूपमा सुरु

भक्तपुर । देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा सुरु

 कक्षा १२ को परीक्षामा तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

  भक्तपुर ।  कक्षा १२ परीक्षा शुक्रबारदेखि देशभर एकैसाथ सुरुहुँदै छ । बिहान

नाम परिवर्तनका लागि  दुई सयभन्दा बढी विद्यालय महानगरको सम्पर्कमा

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न