उपत्यकामा स्वास्थ्य मापदण्ड पालना नगर्ने सवारी साधनलाई कारबाही गरिने



काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक यातायातको अनुगमनलाई तीव्र पारेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक यातायातमा सङ्क्रमण धेरै फैलनसक्ने भन्दै बिहीबारदेखि सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको, भिडभाड गरे नगरेको, यात्रुहरूले मास्क लगाएको नलगाएको, बढी भाडा लिए नलिएको र भाइरस सङ्क्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केको वा नछर्केको अनुगमन गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कोभिड–१९ बाट यात्रुमाथि हुने जोखिमलाई ध्यानमा राखेर उपत्यकाका मुख्य बसपार्क र भीडभाड हुने क्षेत्रमा अनुगमनलाई तीव्र पारेको जानकारी दिए ।

महाशाखाले आजमात्र स्वास्थ्य मापडण्ड पालना नगर्ने ४०० भन्दा बढी भाडाका सवारी साधनलाई कारबाही गरेको छ । महाशाखाले सार्वजनिक सवारी साधनले स्वास्थ्य मापदण्ड पालना नगरे वा तोकिएको भन्दा बढी भाडा लिए ट्राफिक प्रहरीको हटलाईन १०३ मा फोन गर्न आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन