महानगरका प्रमुख प्रशासकीय अधिकृत र विभागीय प्रमुखहरुबीच कार्य सम्पादन करार सम्झौता



काठमाडौं । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले विभाग, महाशाखा र शाखा प्रमुखहरुसँग कार्य सम्पादन करार सम्झौता गरेका छन् । गएको असार महिनामा सम्पन्न, महानगरको सातौं नगर सभाबाट स्वीकृत वार्षिक नीतिलाई कार्यान्वयन गर्न मुख्य जिम्मेवारी, सहायक जिम्मेवारी, समयावधि, अनुगमन सूचकसहितका बुँदामा करार गरिएको हो ।

यसअनुसार बिभागीय प्रमुखहरुले मासिक, चौमासिक, अर्धवार्षिक र वार्षिक रुपमा प्रमुख प्रशासकीय अधिकृत, उपमेयर र मेयरसमक्ष प्रगति प्रतिवेदन पेश गर्नुपर्नेछ ।

सम्झौतापछि बोल्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले सबै जिम्मेवार भएर लक्ष्य हासिल गर्ने काम गरौं भन्नका लागि यसप्रकारको सम्झौता गरिएको बताए । स्थानीय तहका लागि यो नयाँ अभ्यास भएपनि आफूले आफ्नो जिम्मेवारी अरुलाई दिएर दायित्वबाट पन्छिन नखोजेको बताए । आज करार गर्नेहरुमा प्रशासन, वित्त र राजस्व, सहकारी विभागका प्रमुखहरु क्रमशः नमराज ढकाल, बुद्धरत्न मानन्धर, नुरनिधि न्यौपाने र देवेन्द्र पोखरेल छन् । यसैगरी कानुन महाशाखाका प्रमुख बसन्त आचार्य, नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटा र आन्तरिक लेखा परीक्षण शाखाका प्रमुख गोपाल पोखरेलसँग पनि करार सम्पन्न भएको छ ।

महानगरका निर्देशक दीपक अधिकारीकाअनुसार सबै विभाग, महाशाखा र शाखासँग क्रमशः करार हुनेछ ।
सभाबाट स्वीकृत भएका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि नगर प्रमुखले ७ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतलाई र प्रमुख प्रशासकीय अधिकृतले १५ दिनभित्र विभागीय प्रमुखहरुलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने कानुनी व्यवस्था छ । यसरी प्रत्यायोजित अधिकारलाई जनताको हित हुने काममा प्रयोग गर्ने गरी कार्य सम्पादन करार गरिएको हो ।

करारमा उल्लेख गरिएका अनुगमन सूचकका आधारमा लक्षित कार्यक्रमको प्रगति तत्काल थाहा पाउन सकिने र समयमा नै सुधार गर्न सकिने सम्भावना रहन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन