समयमा मल आयात नगर्ने कम्पनीमाथिको कारबाही रोक्न पाटन उच्च अदालतको आदेश



काठमाडौँ । उच्च अदालत पाटनले समयमा मल आयात नगर्ने दुई कम्पनी शैलङ इन्टरप्राइजेज र होनिको मल्टिपल माथिको कारबाही प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल प्रालीमाथिको कारबाही बुधबारसम्म यथास्थितिमा राख्न आदेश दिएको हो । अदालतले मंगलबार दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।

छलफलपछि अन्तरिम आदेश जारी हुने कि नहुने भन्ने टुंगो लाग्नेछ । कृषि सामग्री कम्पनीले भदौ २१ गते शैलुङ र होनिकोको ठेक्का रद्धगरी धरौटी रकम जफत गरेको थियो । शैलुङ र होनिकोले आफ्नो धरौटी जफत गर्न नहुने अनि कालोसूचीमा राख्न पनि नहुने माग राखी दुवै कम्पनी उच्च अदालत पाटन गएका थिए । यसैबीच, सरकारले सोमबार कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्याललाई सिफारिस गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब गुड्ने होइन, उड्नेतिर

डा. गोविन्दशरण उपाध्याय । पृथ्वीलाई मान्छेले बनाएका होइनन् । पृथ्वीले मान्छे बनाएको हो

२४ वर्षीय युवाको लोभलाग्दो व्यावसायिक फूलखेती

भेरीगङ्गा । सुर्खेत भेरीगङ्गाका- ११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन् ।

देशका लागि लड्ने युवा नभए राष्ट्रिय स्वतन्त्रता कमजोर हुन्छ : पूर्वप्रधानमन्त्री भट्टराई

कास्की ।  नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले

संसदीय छानबिन समितिमा रवि लामिछानेको बयान(पूर्णपाठ)

काठमाडौं । सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ ।