पूजारी हत्याको विरोधमा हुनसक्ने प्रदर्शन रोक्न गृहको गोप्य परिपत्र



काठमाडौं । रौतहतको नारायण नगरपालिकास्थित हनुमान मन्दिरका पूजारी श्रीराम साहलाई हत्या गर्ने समूहलाइ हिन्दूवादी व्यक्ति, संघसंस्थाहरूले यथाशीघ्र पत्ता लगाइ कडा कानूनी कारबाही गर्नुपर्ने माग राखेकोमा गृहमन्त्रालयले प्रहरी हेडक्वार्टर र ७७ वटै जिल्ला प्रमुखहरूलाइ परिपत्र गर्दै यस्ता गतिविधि रोक्न आदेश दिएको छ ।

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षेत्री र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको गोप्य पत्रमा पुजारीको हत्याको विरोधमा हुने प्रदर्शन रोक्न निर्देशन दिइएको छ । पत्रमा पुजारी श्रीराम साहको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन र ज्ञापन पत्र बुझाउने जस्ता कार्य भएको बताउँदै विभिन्न जिल्लाहरुमा हुनसक्ने ‘अवाञ्छित गतिविधि’ रोक्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुखी दाम्पत्यका सातसूत्र

डा. गोविन्दशरण उपाध्याय । वैदिक पात्रो अनुसार विवाहका लागि मुहूर्त अर्थात् विवाह गर्न

रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी गर्छन् पर्वतका एकजना जनप्रतिनिधि

पर्वत । स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका

बुढापाकालाई गाउँ रित्तिने चिन्ता

बागलुङ। बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन्। सुविधा खोज्दै

अब गुड्ने होइन, उड्नेतिर

डा. गोविन्दशरण उपाध्याय । पृथ्वीलाई मान्छेले बनाएका होइनन् । पृथ्वीले मान्छे बनाएको हो