भरतपुर अस्पतालको आइसोलेसनबाट कोरोना सङ्क्रमित फरार



चितवन । चितवनको भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक सङ्क्रमित भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर उपचार गराइएको थियो ।

केही दिनअघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ देखिएपछि अनुसन्धान जारी राख्दै परिवारलाई जिम्मा लगाएर उनलाई अस्पतालको आइसोलेसनमा राखेको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । अस्पतालको आइसोलेसनबाट भागेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । अहिले अस्पतालको आइसोलेसनमा ६८ सङ्क्रमितको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चोर, फटाहा र भ्रष्टलाई आफू भोटहाल्ने अनि स्वच्छ राजनीति खोज्ने उल्लू हामी कि नेता ?

केशवप्रसाद भट्टराई । चुनावमा असल र इमान्दार मानिस चुन्न हामी पनि त असल

स्थानीय तह निर्वाचनमा ४१ प्रतिशत युवा निर्वाचित

काठमाडौं । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा ४१ दशमलव १४ प्रतिशत युवा

मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने अभियानमा हवाई व्यवसायी बस्नेत

सिबी अधिकारी, काठमाडौँ । वीरेन्द्रबहादुर बस्नेत नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम हो