विभाग गठनप्रति कांग्रेसका युवा नेताहरुको ध्यानाकर्षण



काठमाडौं । नेपाली काँग्रेसका युवा नेताले पार्टीका केन्द्रीय विभाग गठनप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

पार्टीका एक दर्जन युवा केन्द्रीय सदस्यले मंगलबार संयुक्त विज्ञप्तिमार्फत महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र गरिनुपर्ने विभाग गठन कार्यकाल समाप्त भइसकेपछि गरिएको भन्दै उनीहरुले उक्त निर्णय कसरी वैधानिक र उपयुक्त हुन्छ भनी प्रश्न गरेका छन् ।

काँग्रेसको १४ औँ महाधिवेशनको मिति तोकिसकेपश्चात् विभिन्न नियुक्ति गर्नु निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन भएको उल्लेख गर्दै उनीहरुले विभाग गठनका कार्य तत्काल रोक्न र गठन गरिएका औचित्यहीन विभाग खारेज गर्नुपर्ने माग गरेका छन् ।

पार्टीका केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव, किरण यादवले विज्ञप्तिमार्फत पार्टी सभापति विधानको संरक्षक, पालक र कार्यान्वयनकर्ताको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

उनीहरुले समयको पदचाप, पार्टीका साथीहरुको चाहना, नयाँ पुस्ताको आकांक्षा, राष्ट्रप्रतिको दायित्व र इतिहासको आवश्यकतालाई नेतृत्वले महसुस गरी अघि बढ्नपर्ने आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा