लकडाउनको अवधिको शुल्क नलिन माग गर्दै प्याब्सनको कार्यालयमा अखिल क्रान्तिकारीको धर्ना



काठमाडौं । लकडाउन र कोरोना महामारीका बेला भर्जुअल कक्षाका नाममा अभिभावकसंग शुल्क लिने काम भएको भन्दै नेकपा(क्रान्तिकारी)माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याव्सन)को कार्यालयमा शान्तिपूर्ण धर्ना दिएको छ ।

लकडाउन अवधीभर कुनै पनि बहानामा बिद्यार्थीहरुसंग शुल्क उठाउने काम बन्द गर्नुपर्ने भन्दै संगठनले सोमबार काठमाडौस्थीत प्याव्सनको कार्यालयमा धर्ना दिएको हो । लकडाउनको अवधिको शुल्क तिर्न अभिभावकलाई दवाव दिएको भन्दै यस्तो कार्य बन्द गर्न पनि उनीहरुले ध्यानाकर्षण गराएका छन् ।

शिक्षा र स्वास्थलाई पूर्ण रुपमा राष्ट्रियकरण गरि पूर्ण रुपमा निशुल्क बनाउनुपर्ने उनीहरुको माग छ । धर्नामा अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले निजी विद्यालयले शुल्क बुझाउन अविभावकहरुलाई दवाव दिन नहुने बताए । अहिले लकडाउनको अवधीमा रहेका र सिंगो बिश्व नै कोरोनाबाट आक्रान्त रहेको भन्दै सवैले यस अवस्थालाई बुझ्नुपर्ने उनको भनाई छ ।

संगठनले अनलाईन शिक्षाका नाममा हुने कक्षालाई बाध्यात्मक बनाउन नहुने पनि जनाएको छ । त्यस्तै संगठनले दवावका कार्यक्रमलाई निरन्तरता दिने पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्छः अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम

सबै अनियमितताका सम्बन्धमा छानबिनका लागि संसदीय समिति गठन गर्न वाग्लेको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद् डा स्वर्णिम वाग्लेले

प्रतिनिधिसभामा छवटा अध्यादेश पेश

काठमाडौं। प्रतिनिधिसभामा छ वटा अध्यादेश पेश भएका छन्। शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा

सरकार ८४ सम्म टसमस हुँदैनः प्रधानमन्त्री ओली(पूर्णपाठ)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान