शहर व्यवस्थापनमा प्रविधिको सहाराः चीनमा स्मार्ट सार्वजनिक शौचालय



उरुम्छी । चीनको शिनजियाङ प्रान्तको राजधानी उरुम्छीमा पहिले फोहोर र दुर्गन्धित मानिने सार्वजनिक शौचालयहरू अब सफा र प्रविधियुक्त हुँदै गएका छन् । नयाँ प्रविधिको प्रयोगले यी शौचालयहरूलाई अझ सहज र प्रयोगकर्तामैत्री बनाइएको छ ।

सायबाक जिल्लाको एक पर्यटकीय स्थानमा हालै सञ्चालनमा आएको नयाँ स्मार्ट शौचालयमा सफा गर्ने रोबोट प्रयोग गरिएको छ । प्रयोगकर्ताले बाहिरिएपछि रोबोट सक्रिय भएर शौचालय सफा गर्छ, साबुन र डिसइन्फेक्टेन्ट छर्छ र भुइँ सुकाउने काम पनि गर्छ । यसले सरसफाइमा सुधार ल्याउनुका साथै चिप्लिएर लड्ने जोखिम घटाएको छ ।

स्थानीय बासिन्दाले यी नयाँ शौचालयहरूको प्रशंसा गरेका छन्। एक प्रयोगकर्ताले भने,“शौचालय सफा र दुर्गन्धरहित छ ।”

शौचालय निर्माण र व्यवस्थापन गर्ने ‘कुओलिन’ कम्पनीका अनुसार सफा गर्ने रोबोटले ७० सेकेन्डमै काम सम्पन्न गर्छ । कम्पनीले थप प्रविधिको प्रयोग गर्दै शौचालयमा तापक्रम, प्रयोग सङ्ख्या, ग्यास सान्द्रता, पानी र विद्युत् खपतजस्ता विवरण संकलन गर्ने सेन्सरहरू पनि जडान गरेको छ। यसले शौचालयको निगरानी र व्यवस्थापन सजिलो बनाएको छ ।

सहरका व्यस्त बजार र राति लाग्ने मेलामा कम्पनीले शौचालयहरू निर्माण गरेको छ, जसमा अपाङ्गता भएका व्यक्तिहरू, वृद्ध र बालबालिकालाई सहज बनाउने सुविधा जस्तै रेलिङ, र्याम्प, बेबी केयर रूम आदि राखिएको छ । केही शौचालयमा पानी कम लाग्ने विमानमा प्रयोग हुने भ्याकुम शौचालय प्रविधि पनि प्रयोग गरिएको छ ।

शौचालयको बाहिरी भागमा पहेंलो र खैरो रङ्गको प्रयोग गरिएको र भित्तामा स्थानीय संस्कृति झल्काउने कला चित्रहरू पनि राखिएको छ ।

चीन सरकारले सन् २०१५ देखि सुरु गरेको ‘शौचालय क्रान्ति’ अभियानपछि देशभर सार्वजनिक शौचालयको सङ्ख्या र गुणस्तरमा सुधार ल्याउन थालिएको हो । उरुम्छीमा पनि वर्षौंदेखि थला परेका शौचालयहरू सुधार गरिएको र निजी लगानी भित्र्याएर सफा गर्ने पेशागत कम्पनीहरूलाई जिम्मा दिइएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार भविष्यमा अझ धेरै शौचालयमा सफा गर्ने रोबोट प्रयोग गरिनेछ । उनीहरु भन्छन्, “शहरी पूर्वाधारले प्रविधिको विकाससँगै अगाडि बढ्नुपर्छ, जसले सेवा अझ सहज बनाउँछ र व्यवस्थापन पनि प्रभावकारी हुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनद्वारा रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण

बीबीसी । युक्रेनले आइतबार रूसमाथि हालसम्मकै सबैभन्दा ठूलो लामो–दूरीको ड्रोन हमला गरेको दाबी

युक्रेनी तालिम स्थलमा रुसी मिसाइल आक्रमण, १२ सैनिकको मृत्यु

युक्रेन । युक्रेनको एक सैन्य तालिमस्थलमा भएको रुसी मिसाइल आक्रमणमा कम्तीमा १२ जना

इरानद्वारा आईएईएको प्रतिवेदन खारेज

तेहरान । इरानले संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाको (आईएईए) पछिल्लो

गाजामा इजरायली आक्रमणमा ३१ जनाको मृत्यु

गाजा । दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक