मङ्गोलियाको गोबी मरुभूमिमा दुर्लभ प्रजातिको डाइनोसर फेला



बीबीसी । वैज्ञानिकहरूले मङ्गोलियाको गोबी मरुभूमिमा हातमा दुईटा औँला भएका डाइनोसरको एउटा दुर्लभ प्रजाति फेला पारेका छन् ।

वैज्ञानिक नाम ’डुओनाइकस शोग्ट्बातरी’ (-Duonychus tsogtbaatari) दिइएको उक्त डाइनसोर ‘थेरिजाइनसोर’ (Therizinosaur) समूहमा पर्ने नितान्त भिन्न जीव हो । उक्त समूहमा पर्ने डाइनसोरहरू पछाडिका खुट्टामा उभिन्थे र तिनका खुट्टामा प्रायः तीनवटा खुर वा औँला हुन्थे ।

डुओनाइकस शोग्ट्बातरी मध्यम आकारको थियो। त्यसको तौल झन्डै २६० केजी भएको अनुमान गरिएको छ । अनुसन्धानकर्ताहरूका अनुसार उक्त डाइनसोरका औँलाहरू लामा र बाङ्गा थिए । ती औँला दोबार्न मिल्ने खालका भएकाले उक्त जीवसँग वनस्पतिहरू सजिलै समात्ने क्षमता भएको ठानिएको छ ।

थेरिजाइनसोर समूहमा भएका कुनै जीव शाकाहारी थिए भने कुनै शाकाहार र मांसाहार दुवै गर्थे । आजभन्दा १४.५ करोड वर्षअघि सुरु भई ६.६ करोड वर्षअघि टुङ्गिएको ‘क्रिटेशस’ युगमा ती डाइनसोर एशिया र उत्तर अमेरिकामा विचरण गर्थे । डाइनसोरको जीवाश्म मङ्गोलियास्थित गोबी मरुभूमिको बायान्शिरी फर्मेशनमा फेला परेको थियो।

उक्त नमुना क्रिटेशस युगको उत्तरार्धतिर (६.६ करोड देखि १०.०५ करोड वर्षअघि) को हो । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन यूनेस्कोले मङ्गोलियाको गोबी मरुभूमिलाई डाइनसोरका जीवाश्मको विश्वभरिकै सबैभन्दा ठूलो भण्डार मानेको छ ।

उक्त क्षेत्र क्रिटेशस युगको उत्तरार्धतिरका जीवाश्मका लागि महत्त्वपूर्ण मानिन्छ । क्रिटेशस युग डाइनसोर युगका तीन मुख्य युगमध्ये अन्तिम हो। त्यही कालखण्डमा डाइनसोरको अन्तिम क्रमविकास भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको भूकम्पलाई लिएर मलेसियाद्वारा विशेष आपतकालीन आसियान बैठक आयोजना

क्वालालम्पुर । म्यान्मामा गएको विनाशकारी ७.९ म्याग्निच्युडको भूकम्पका कारण उत्पन्न सङ्कटलाई मध्यनजर गर्दै

नर्वेमा रकेट प्रक्षेपण असफल

ओस्लो । नर्वेको एंडोया स्पेसपोर्टबाट आइतवार प्रक्षेपण गरिएको जर्मन रकेट ’स्पेक्ट्रम’२० सेकेन्डमै दुर्घटनाग्रस्त

गाजामा इजरायली आक्रमणमा १४ जनाको मृत्यु

गाजा । प्यालेस्टिनी रेड क्रिसेन्टले गाजा पट्टीमा एक हप्ता अघि एम्बुलेन्समा इजरायली सेनाको

म्यान्माका लागि रेडक्रसद्वारा १० करोड डलर माग

जेनेभा । अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीले म्यानमारमा गएको विनाशकारी भूकम्प पीडितको