भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु



नयाँदिल्ली । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा एउटा पटाखा कारखानामा विस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब ५५ किलोमिटर उत्तरमा रहेको नादिया जिल्लाको कल्याणी क्षेत्रमा विस्फोट भएको हो ।

“उक्त दुर्घटनामा चार जनाको मृत्यु भएको छ,” एक प्रहरी अधिकारीले भने । “एक महिलालाई घाइते अवस्थामा उद्धार गरी तत्काल अस्पताल लगिएको छ ।”

विस्फोटका कारण कारखानामा ठूलो आगो लागेको प्रहरीले जनाएको छ ।

आगो निभाउन र नजिकैको क्षेत्रमा फैलिन नदिन तत्काल दमकललाई घटनास्थलमा पुर्याएको प्रहरीले जनाएको छ ।

विस्फोटको कारण तत्काल थाहा हुन सकेको छैन । प्रहरीले उक्त दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ ।

भारतीय पटाखा कारखाना र पसलहरूमा आकस्मिक विस्फोटहरू सामान्य छन् । मालिकहरूले सामान्यतया सुरक्षा मापदण्डहरूलाई बेवास्ता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अलास्कामा बेपत्ता विमानको भग्नावशेष फेला

सान फ्रान्सिस्को । अमेरिकी कोस्ट गार्डले अलास्काको पश्चिमी तटबाट हराइरहेको १० जना सवार

उत्तर कोरियाली फौज कुर्स्क क्षेत्रको अग्रमोर्चामा

बीबीसी । मस्कोका तर्फबाट लडिरहेका उत्तर कोरियाली फौज रुसको पश्चिमी कुस्र्क क्षेत्रको अग्रमोर्चाबाट

हमासद्वारा थप तीन इजरायली बन्धक रिहा

बीबीसी । प्यालेस्टिनी समूह हमासले शनिबार गाजा स्ट्रीपबाट थप तीन जना इजरायली बन्धक

चीनले सन् २०२५ ‘ग्लोबल डेभलपर सम्मेलन’ आयोजना गर्ने

शाघांई । चीनमा सन् २०२५ को ‘ग्लोबल डेभलपर सम्मेलन’ फेब्रुअरी २१ देखि २३