सन् २०२५ मा माल्दिभ्सले २३ लाख पर्यटक भित्राउने



कोलम्बो । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले सन् २०२५ मा माल्दिभ्समा २३ लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले लिएको बताएका छन् । उनले लक्ष्य हासिल गर्न व्यापकरूपमा काम भइरहेको बताए ।

सन् २०२५ का लागि माल्दिभ्सको एकसदनीय विधायिका निकाय ‘पिपुल्स मजलिस’को पहिलो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुइज्जुले सन् २०२४ माल्दिभ्सले पहिलो पटक २० लाख पर्यटक भित्राएको र सन् २०२३ को तुलनामा पर्यटकको सङ्ख्यामा ९ प्रतिशतले वृद्धि भएको बताए । सन् २०२४ मालदिभ्सका लागि पर्यटनका हिसावले ऐतिहासिक वर्ष भएको र सन् २०२५ मा यसलाई व्यापकता दिइने बताए ।

सन् २०२५ को पर्यटन लक्ष्य पूरा गर्न सरकारले लगानी प्रोत्साहन र अन्य लाभहरू प्रदान गरेर पहिले पर्यटक पुर्याउन नसकिएका टापूमा रिसोर्टहरू बनाउने र तिनलाई सुन्दर पर्यटकीय आकर्षण बनाउने बताए ।

पर्यटक आगमन बढाउन सरकारले राष्ट्रिय वायुसेवा निगमको अन्तर्राष्ट्रिय रुटलाई थप गन्तव्यमा विस्तार गर्न लागेको उनले बताए ।

राष्ट्रपति मुइज्जुले पर्यटक आकर्षणका लागि यसै अक्टोबरमा थप वाइडबडी विमान खरिद गरिने र माल्दिभ्सबाट युरोपेली गन्तव्यमा सिधा उडान गरी युरोपेली पाहुनाको आवागमनलाई सहज बनाइने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनद्वारा ल्याटिन अमेरिकामा अमेरिकाको ‘शीत युद्ध मानसिकता’ को आलोचना

बेइजिङ। चीनले शुक्रबार ल्याटिन अमेरिकामा संयुक्त राज्य अमेरिकाको ‘शीतयुद्ध मानसिकता’ को निन्दा गर्दै

भारतको केन्द्रीय बैंकद्वारा सन् २०२० पछि पहिलो पटक ब्याजदर कटौती

  नयाँदिल्ली । विश्वको पाँचौँ ठूलो अर्थतन्त्रमा वृद्धिको मन्दीको चिन्ताले मुद्रास्फीति जोखिमलाई उछिनेसँगै

इजरायली प्रधानमन्त्रीद्वारा ह्वाइटहाउसमा ट्रम्पलाई ‘गोल्डेन पेजर’ उपहार

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइटहाउसमा भएको भेटमा

दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता

वासिङटन । अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा बिहीबार १० जना यात्रु बोकेको एउटा सानो