माल्दिभ्सले सन् २०२७ मा ‘फ्लोटिङ्ग सौर्य परियोजना’ सुरु गर्ने



कोलम्बो । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले ‘फ्लोटिङ्ग सोलार परियोजना’ सन् २०२७ मा सञ्चालन हुने घोषणा गरेका छन् ।

सन् २०२५ को लागि माल्दिभ्सको एक सदनात्मक व्यवस्थापिका पिपुल्स मजलिसको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रपतिले फ्लोटिङ्ग सोलार परियोजनाले देशको गैरनवीकरणीय ऊर्जा स्रोतमा निर्भरता घटाउने र १०० मेगावाट सौर्य ऊर्जा राष्ट्रिय विद्युत ग्रिडमा थप्ने लक्ष्य लिएको बताएका हुन् ।

फ्लोटिङ्ग सोलार प्रोजेक्ट एक प्रक्रिया हो,जहाँ सौर्य प्यानलहरू पानीको सतहमा रहन्छ । फ्लोटिङ सोलार प्रोजेक्टको मुख्य उद्देश्य जलस्रोत प्रयोग गरेर स्वच्छ ऊर्जा उत्पादन गर्नु हो । यसले पानीको चिसो प्रभावको कारण सौर्य प्यानलहरूको दक्षतामा सुधार गर्दछ ।

उनले भने, “सरकारले यस वर्ष विदेशी लगानीकर्ताहरूलाई विशेष आर्थिक क्षेत्र विकास अनुमतिहरू जारी गर्ने योजना बनाएको छ ।”

मुइज्जुले सन् २०२४ मा १५ मेगावाट नवीकरणीय ऊर्जा ग्रिडमा एकीकृत भएको र देशको ३३ प्रतिशत ऊर्जा आवश्यकता नवीकरणीय स्रोतबाट पूरा गर्ने योजना रहेको बताए ।

सरकारले नवीकरणीय ऊर्जा क्षेत्रमा नागरिकको सहभागिता अभिवृद्धि गर्न सरकारले ‘म्यागी सोलार’ पहल सुरु गरेको उनले बताए । म्यागी सोलार एक सौर्य ऊर्जा कम्पनी हो,जसले दिगो र स्वच्छ उर्जा समाधानहरू प्रदान गर्नमा केन्द्रित छ । म्यागी सोलारको मुख्य उद्देश्य स्वच्छ नवीकरणीय उर्जाको स्रोत प्रदान गर्नु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सन् २०२५ मा माल्दिभ्सले २३ लाख पर्यटक भित्राउने

कोलम्बो । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले सन् २०२५ मा माल्दिभ्समा २३ लाख पर्यटक

दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता

वासिङटन । अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा बिहीबार १० जना यात्रु बोकेको एउटा सानो

अमेरिकी सांसदहरूद्वारा सरकारी उपकरणहरूमा डिपसिक प्रतिबन्ध गर्न विधेयक पेश

वासिङ्टन । अमेरिकी सांसदहरूले बिहीबार चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स प्रोग्राम डिपसिकलाई प्रयोगकर्ताको डाटा सुरक्षाको

रुबियोले फेब्रुअरीको मध्यमा इजरायल र अरब राज्यहरूको भ्रमण गर्ने

वासिङ्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजाको जनसङ्ख्या स्थानान्तरण सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको