चिनियाँ विज्ञान प्रविधि सङ्ग्रहालयमा दर्शकको चाप



बेइजिङ । चीनका विज्ञान–प्रविधि सङ्ग्रहालय (सीएसटीएम) सन् २०२५ मा ३० लाखभन्दा बढीले भ्रमण गरेका छन् । यसमध्ये ९० प्रतिशत भन्दा बढी राजधानी बाहिरबाट आएका थिए ।

देशभरका विज्ञान–प्रविधि सङ्ग्रहालयले चिनियाँ संस्कृति, सांस्कृतिक सम्पदा प्रविधि र अत्याधुनिक प्रविधिहरूलाई एकीकृत गर्दै विभिन्न वसन्त महोत्सव–विज्ञान प्रदर्शनीहरू सुरु गरेका छन् ।

पूर्वी चीनको फुजियान विज्ञान र प्रविधि सङ्ग्रहालयले ‘स्नेक इन्टेलिजेन्स’ मा प्रदर्शनी आयोजना गर्दैछ, जसले आगन्तुकहरूलाई सर्प जीवविज्ञानको बारेमा सिक्ने मौका दिन्छ ।

दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको अर्को विज्ञान–प्रविधि सङ्ग्रहालयमा एक मानवीय रोबोटले आगन्तुकहरूसँग अन्तरक्रिया गर्दै चीनको रोबोटिक्स प्रविधिमा नवीनतम प्रगतिहरू प्रदर्शन गर्दछ ।

सीएसटीएमले सन् २०२५ मा विज्ञानको नवीन रूपहरु जारी राख्नको लागी देश को विज्ञान प्रविधि सङ्ग्रहालयहरुलाई नेतृत्व गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्पद्वारा मध्यपूर्वसम्बन्धी नीतिमा ठूलो परिवर्तनको घोषणा

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको मध्यपूर्वसम्बन्धी नीतिमा दशकौँ यताको

जापानी प्रधानमन्त्रीले बिहीबारदेखि अमेरिकाको भ्रमण गर्ने

  टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले यस हप्ता संयुक्त राज्य अमेरिकाको भ्रमणमा

मङ्गोलियामा ५ मध्ये १ जनाको क्यान्सरका कारण मृत्यु

उलनबटार । मङ्गोलियामा मृत्युको प्रमुख कारणमा क्यान्सर रहेको देशको राष्ट्रिय क्यान्सर केन्द्र (एनसीसी)

अफ्रिकाका करिब दुई करोड ७५ लाख मानिस विस्थापित

नैरोबी ।  सन् २०२४ को अन्त्यसम्म अफ्रिकामा आन्तरिक रूपमा विस्थापित व्यक्ति (आईडीपी) को