वेस्ट बैङ्क आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु



जेरुसेलम । वेस्ट बैङ्कको चेकपोस्टमा मंगलबार भएको गोलीकाण्डमा दुई इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

सेनाले मारिएका सिपाहीहरूमध्ये एक ३९ वर्षीय ८२११ औं बटालियनमा स्क्वाड कमाण्डर रहेको बताए ।

सेनाले आक्रमणमा अर्का एक सिपाही मारिएको बताएको छ । उक्त सिपाहीको नाम अझै गोप्य राखेको छ । सेनाले थप दुई रिजर्भ सिपाहीहरू गम्भीर घाइते भएको र अन्य छ जनालाई सामान्य चोट लागेको बताए ।

एक प्यालेस्टिनी आक्रमणकारी एम–१६ राइफल लिएर उत्तरी जोर्डन उपत्यकाको प्यालेस्टिनी गाउँ बाहिर एक चेकपोस्टको प्रवेशद्वारमा पुग्यो । उनी इजरायली सिपाहीको पर्खाइमा थिए र बिहान सबेरै गोली चलाउन थाले ।

हमास र प्यालेस्टाइन इस्लामिक जिहादले आक्रमणको प्रशंसा गरे तर जिम्मेवारी लिएनन् । इजरायली सेनाले उत्तरी वेस्ट बैङ्कमा ठूलो मात्रामा कारबाही विस्तार गर्ने घोषणा गरेको दुई दिनपछि उक्त घटना भएको हो ।

प्यालेस्टाइनी तथ्यांकका अनुसार गत महिना जेनिनमा आक्रमण सुरु भएदेखि इजरायली सेनाले कम्तीमा २७ जना मारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफ्रिकाका करिब दुई करोड ७५ लाख मानिस विस्थापित

नैरोबी ।  सन् २०२४ को अन्त्यसम्म अफ्रिकामा आन्तरिक रूपमा विस्थापित व्यक्ति (आईडीपी) को

वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा फोक्सोको क्यान्सर बढाउँदै

पेरिस । वायु प्रदूषणले धूम्रपान नगर्नेहरूमा फोक्सोको क्यान्सरको सबैभन्दा सामान्य रूप बढाउँदै छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन महाभियोग सुनुवाइका लागि पुनः अदालतमा

सियोल ।  सैनिक शासन घोषणा गरेको आरोपमा पक्राउ परी पदबाट निलम्बित दक्षिण कोरियाका

म्यानमा विद्रोही समूहद्वारा हत्याको स्वीकारोक्ति

याङ्गुन । म्यानमाको एक विद्रोही समूहले शुक्रबार आफ्ना सदस्यहरूले देशको पश्चिमी सिमानामा नियन्त्रण