सुडानको ग्रेटर खार्तुममा भएको गोलाबारी र हवाई आक्रमणमा कम्तीमा ५६ जनाको मृत्यु



सुडान । सुडानको ग्रेटर खार्तुममा शनिबार भएको गोलाबारी र हवाई आक्रमणमा परी कम्तीमा ५६ जनाको मृत्यु भएको सुडानी अधिकारकर्मीले बताएका छन् ।

सुडानको नियमित सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) सन् २०२३ अप्रिलदेखि सत्ताका लागि लडिरहेका छन । यो महिना सेनाले राजधानी खार्तूम र यसका सबै भगिनी शहरहरू ओमदुरमान र खार्तूम नर्थ कब्जा गर्न कारबाहीलाई सशक्त बनाएको छ ।

ओमदुरमानको व्यस्त बजारमा आरएसएफले शनिबार गरेको गोलाबारीमा ५४ जनाको मृत्यु भएको एक मेडिकल स्रोतले एएफपीलाई जानकारी दिएको छ ।

“तरकारी बजारको बीचमा विस्फोटक गोला प्रहार भएको थियो । पीडित र घाइतेको सङ्ख्या सङ्कलन भइरहेको र कतिपय घाइतेलाई आफन्तले विभिन्न अस्पतालमा लगेका कारण पीडित र घाइतेको सङ्ख्या थप बढ्नसक्ने अनुमान गरिएको छ,” प्रत्यक्षदर्शी एक घाइतेले एएफपीलाई भने ।

स्थानीय सङ्कटकालीन सेवा (इआरआर) का अनुसार खार्तूमको नाइल नदीमा आरएसएफको नियन्त्रणमा रहेको क्षेत्रमा भएको हवाई आक्रमणमा परी दुई सर्वसाधारणको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।

आरएसएफले शनिबारलगायतका आक्रमणमा ड्रोनको प्रयोग गरेको भए पनि नियमित सशस्त्र बलका लडाकु विमानले हवाई आक्रमणमा एकाधिकार कायम राखेका छन् ।

ईआरआर सुडानमा आपतकालीन हेरचाहको समन्वय गर्ने सयौँ स्वयंसेवक समितिहरूमध्ये एक हो।

युद्धले हजारौँ मानिसको ज्यान लिनुका साथै एक करोड २० लाखभन्दा बढी मानिसलाई विस्थापित गरेको छ र अधिकांश स्वास्थ्य संस्थाहरू सेवाबाट वञ्चित हुन बाध्य भएका छन्।

अल–नाओ अस्पतालका एक स्वयंसेवकले भने, “घाइतेहरूलाई लैजान कफन, रक्तदाता र स्ट्रेचरको चरम अभाव छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेन्ट किट्स एण्ड नेभिस नजिकै डुङ्गामा १९ जनाको शव फेला

पूर्वी क्यारेबियाली राष्ट्र सेन्ट किट्स एण्ड नेभिसको तटीय क्षेत्रमा तैरिरहेको एक डुङ्गामा १९

पाकिस्तानमा भएको आक्रमणमा १८ सैनिकको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको आक्रमणमा १८ जना अर्धसैनिकको मृत्यु हुनुका

बन्दुकधारीको आक्रमणमा सिरियामा १० गाउँलेको मृत्यु

लेबनान । सिरियामा बन्दुकधारीहरूले अलावाइट गाउँका १० जनालाई गोली हानी हत्या गरेको छ

हमासद्वारा गाजामा थप तीन इजरायली बन्धक मुक्त

बीबीसी । प्यालेस्टिनी समूह हमासले दक्षिणी गाजाको खान युनिसबाट दुईजना गाजासिटीबाट एक जना